२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

महिलालाई दुरव्यवहार गरेको आरोमा टेलिकमका कर्मचारी पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

न्यूजमधेश डेस्क
विराटनगर ,२६ माघ। एक महिलालाई दुरव्यवहार गरेको आरोमा नेपाल टेलिकमका एक कर्मचारी विराटनगरबाट आइतबार पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्वर ५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनी टेलिकमको विराटनगर कार्यालयमा कार्यरत सहायक अधिकृत रहेको प्रहरीले जनाएको छ ।

महिलामाथि दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि पक्राउ गर्न खटिएको प्रहरी टोलीले कटुवालाई घरैबाट नियन्त्रणमा लिएको हो । घटना अनुसार आफन्तले पठाएको पैसा आईएमईबाट झिकेर महिला आइतबार दिउँसो घरतर्फ फर्कदै थिइन् । त्यही बेला मोटरसाइकलमा रहेका उनले बाटो छेकेर विराटनगरको बरगाछी आसपासमा ति महिलालाई दुरव्यवहार गरेको छन् ।

आफ्नो काममा रहेकी महिलामाथि अश्लिल गालीगलौज गर्दै सार्वजनिक स्थलमा दुरव्यवहार गरेको पाइएपछि कटुवाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

पीडित महिलाले साँझ घटना विवरण खुलाएर उजुरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद […]

सर्लाह । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदी बन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदी बन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, […]

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]