२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बृद्धालाई गल्फ सेवा समाजको सहयोग

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ फागुन । गल्फ सेवा समाजले एक बृद्धालाई आँखा उपचारमा सहयोग गरेका छन् । संस्थाले महोत्तरी लोहारट्टी नगरपालिका–४ खुट्टा पिपराढीकी ६० वर्षीया बृद्धा अइशा खातुनलाई आँखा उपचारमा सहयोग गरेका छन् ।

संस्थाका अध्यक्ष अजिम राईनले नगद रु १५ हजारको लागतमा खातुनलाई आँखा दख्ने गरी उपचारमा सहयोग गरेको जानकारी दिए । शुक्रबार संस्थाले आइशाको घरमा औषधीको लागि रकमसमेत दिएका छन् ।

आर्थिक स्थिति कमजोर रहेको आइशा उपचार अभावमा संसार देख्न सकेकी थिइन् । तर, संस्थाको सहयोगमा उनले अव संसार देख्न पाउँदा निकै खुशी भएको बताइन् ।

उपचारपछि संसार हेर्न पाएकी उनले ‘संसार देखाइदिएको’ भन्दै संस्था र डाक्टरसहित अस्पतालप्रति अहोभाव व्यक्त गरेकी छिन् । ‘संसार देखाउने संस्था र डाक्टर हाम्रा लागि भगवान हुन्,’ उनले आशिष दिए, ‘मेरो मुहारमा हाँसो ल्याउनेको मुहारमा पनि सधैं हाँसो रहोस् ।’

संस्थाले समाजका अपाङ्ग, दृष्टिविहिन, आकस्मिक दुर्घटना, बिरामी, गरिवको विवाह, र शिक्षाको लागि सक्दो सहयोग गर्दै आएका छन् । संस्थाम करिव चार सय नेपाली युवा आबद्ध छन् । उनीहरुले वैदेशिक रोजगारीमा कमाएको पारिश्रमिकबाट स्वइच्छाले दान गरी समाज सहयोग गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]