२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्रचण्ड र बाबुराम होलान त एकैठाम

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१ फागुन । तत्कालीन एकीकृत माओवादीबाट बाबुराम भट्टराई बाहिरिएसँगै पुष्पकमल दाहाल प्रचण्डु र बाबुराम एउटै मञ्चमा बस्न १६ महिनापछि मात्रै तयार भए । चार वर्षको अन्तरालमा उनीहरू शनिबार फेरि एउटै मञ्चमा उपस्थित भएका छन् ।

बाबुरामको पुस्तक पुस्तक ‘गुमनाम आमाहरूका कथा’ विमोचन कार्यक्रमबाट प्रचण्डले बाबुराम-प्रचण्ड चाहेर पनि अलग हुन नसक्ने धारणा राखे । अहिलेको परिस्थितिले एकै ठाउँमा आउन प्रेरित गरेको प्रचण्डको बुझाइ र आग्रह थियो । बाबुरामले त्यस आग्रहलाई सकारात्मक त भनेका छन् र सम्भावनको गतिलो संकेत भने देखाएनन् ।

तत्कालीन एकीकृत माओवादीलाई भत्किएको रातो स्टिकर टाँसिएको घरु भन्दै बाबुराम अलग्गिएका थिए । त्यसको ८ महिनापछि ३० जेठ २०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे । घरु मात्रै भत्किएको थिएन उनको बहिर्गमनसँगै प्रचण्ड र बाबुरामको मन पनि कुँडिएको थियो । एकअर्काबीच मन कुँडिए पनि मन मिल्ने सहयात्री स्वर्गीय भक्ति पाण्डेको जीवनी चाचाु विमोचनमा उनीहरू सँगै देखिए ।

कार्यक्रममा त्यसबेलै पनि प्रचण्डले नेता बाबुरामलाई राजनीतिक परिवर्तन जोगाउनका निम्ति आफूहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए । भक्ति पाण्डेको पनि बाबुराम-प्रचण्ड एकै ठाउँमा हुनुपर्ने चाहना रहेको भन्दै उनले विमतिबीच पनि सहमतिको विन्दु भेटिन सक्ने बताएका थिए ।

बाबुरामसँग चार वर्षको अन्तरालमा दोस्रो पटक एउटै मञ्चमा सहभागिता जनाएका प्रचण्डले फेरि प्रचण्ड(बाबुराम चाहेर पनि छुटिन नसकिने भन्दै सहकार्यको प्रस्ताव गरेका छन् । हामीलाई सहिद परिवारले अलग हुन्न दिन्नन्, बेपत्ता योद्धाहरूले अलग हुन दिन्नन् । हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हुन्छ, हामी एकैठाउँमा हुनुपर्छ, सबै दृष्टिकोणले हामीलाई त्यसका लागि प्रेरित गरेको छ, प्रचण्डले भने ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कूु गरेको र त्यसका निम्ति अलग पार्टीमा रहे पनि संघर्षको मोर्चा एउटै रहेको प्रचण्डको भनाइ छ । संघर्षको मोर्चामा मात्रै नभई बाबुराम(प्रचण्ड एकै ठाउँमा हुनुपर्ने प्रचण्डले आग्रह गरेका छन् ।

परिवर्तित राजनीतिक घटनाक्रमका विरुद्ध संघर्षका लागि, जनयुद्धमा ज्यान गुमाएका सहिदका लागि र योद्धाहरूका लागि सबै दृष्टिकोणले विश्लेषण र संश्लेषण गर्दा हामीलाई अलग होइन एकैठाउँमा आउन प्रेरित गरेको छ,प्रचण्डले भने ।

प्रचण्डको आग्रहलाई भट्टराईले आफूले जनयुद्ध छाडेको संशयका रूपमा लिए । प्रचण्डलाई जवाफ दिँदै भट्टराईले भने, मैले माओवादी परित्याग गर्नुको अर्थ माओवादी आन्दोलन परित्याग गरेको भन्ने होइन । प्रचण्डले पनि त्यो कुरा संकेत गर्न खोज्नुभएको हो भने यो कुरा सत्य होइन ।

नेता भट्टराईले जनयुद्धको कार्यभार पूरा भएपछि आन्दोलनलाई परिमार्जन गरौँ भन्ने आफ्नो प्रस्तावमा प्रचण्ड सहमत हुन नसक्दा बाहिरिनुपर्ने परिस्थित आएको प्रस्ट पारे । जनयुद्धको कार्यभार पूरा भएपछि आन्दोलनाई परिमार्जन गरौँ । बाटो र विचारको विकास गरौँ भन्ने मेरो अवधारणा थियो । यसमा सहमति जुट्न नसकेपछि मलगायत केही साथीहरू अलग्गिएका हौँ, भट्टराईले भने ।

एकैठाउँमा आउन प्रचण्डले गरेको आग्रहलाई उनले सकारात्मक भनेका छन् तर त्यो प्रस्ताव सम्भव नभएको जवाफसमेत दिएका छन् । माओवादी आन्दोलनमा लागेकाहरू एकैठाउँमा हुनुपर्छ भन्ने धारणालाई म सम्मान गर्न चाहान्छु । तर त्यो आवश्यक छैन । सम्भव हुँदैन र उपयुक्त छैन भन्ने मलाई लाग्छ, भट्टराईले आफ्नो कुरा टुंग्याए ।- शिशिर ढकालले शिलापत्रमा लेखेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]