१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सांसद अरगरियाले गरे एकैदिन मन्दिर र मदरसा उद्घाटन

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ फागुन। धनुषाको जकनकनन्दनी गाउँपालिकामा एकै दिन मन्दिर र मदरसाको उद्घाटन भएको छ ।

जनकनन्दनी गाउँपलिका वडा नम्बर ३ महुवामा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाको संसदीय कोषबाट सरस्वती मन्दिर र मदरसा दारुल तौहिद अलसल्फियाका निर्माण भएको छ ।

मन्दिर र मदरसा दुबैको बिघटित प्रतिनिधीसभाका सांसद अरगरियाले उद्घाटन गरे ।

उद्घाटन गर्दै अरगरियाले समाजको माग अनुसार आफू अघि बढिरहने बताए । यस क्षेत्रको विकासका लागि आफू जहिल्यै पनि तत्पर रहने बताउँदै उनले सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने बताए ।

जनकनन्दनी गाउँपालिका ३ महुवाका सतन्जीव साहले दान गरेको जग्गामा सरस्वती मन्दिर निर्माण गरिएको छ । यो मन्दिरमा श्रीपञ्चमीको अवसर पारेर मंगलबार नै माता सरस्वतीको मूर्ती समेत स्थापना गरिएको छ ।

सरस्वती मन्दिर कुल रु १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

मन्दिर र मदरसा उद्घाटनको अवसरमा स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]