१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

सप्तरीमा सात महिनामा पाँच सय ५ फरार अपराधी प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०८, २०७७

न्यूजमधेश डेस्क
राजविराज,८ फागुन । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो पटक शुक्रबार विगत पाँच महिनादेखी जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो। सहादत पक्राउ परेका छन् । उनीसँगै साउन यता फरार अभियुक्त पक्राउ पर्नेको संख्या ५ सय ७ पुगेको हो ।

फरार अपराधी पक्राउ गर्न प्रहरी सक्रियता बढेपछि चालु आ।ब।को आधी अवधीमै यती धेरै संख्यामा फरार अपराधी पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरुमा कुटपिट मुद्दाका सर्वाधिक छन् । यस्तै सवारी ज्यान, कर्तत्व ज्यान, गाली बेइजती, ठगि, जबरजस्तीकरणी, लेनदेन लगायत मुद्दाका फरार प्रतिवादी पनि पक्राउ पर्नेमा छन् ।

पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको वक्यौता १२ लाख ७७ हजार ७ सय २६ रुँपैया असुली भएको जिल्ला प्रहरी कार्यालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको डिएसपी भुवनेश्वर साहले बताए ।

यस्तै यस अवधीमा भन्सार छलि भित्राइएका ८८ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्याक्टर, ३ थान पिकअप तथा २ थान टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रियाका लागि भन्सार बुझाइएको डिएसपी साहले जानकारी दिए । यसरी बरामद गरिएका सवारीसाधनको २ करोड ३४ लाख १७ हजार ५ सय ७२ रुँपैया अनुमानित मुल्याङ्कन गरिएको छ ।

यस्तै यस अवधीमा जिल्लामा विभिन्न अपराधका ४ सय ३७ मुद्दा दर्ता भएका छन् । जुन गत आ।ब।को तुलनामा कम रहेको तथ्याङ्कले देखाएको छ । अपराध नियन्त्रणका लागि चलाइएको अभियान उपलब्धीमूलक बन्दै गएको भन्दै प्रहरीले यसमा सघाउन सबैसँग आग्रह पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]