०७ पुष २०८२, मंगलबार
23-12-2025 , Tue
×

विकास निर्माण कार्यलाई मेयर साहले गरे अनुगमन

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ फागुन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तरगत  जनकपुरधाममा भई रहेको विकास निर्माण कार्यको आज विहान मेयर लालकिशोर साहले अनुगमन गरेका छन् ।

उप–महानगरको वडा ४ तथा ७ र ८ मा भई रहेको सडक तथा नाला निर्माणको आज विहान जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह, उप मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार ढकाल, वरिष्ठ इन्जिनियर वीरेन्द्र यादव, इन्जिनियर अमर साह, कन्सल्टेन्ट तथा ठेक्केदार कम्पनीका प्रतिनिधिहरुले अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा सडकमा देखिएको कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नकालागि मेयर साहले निर्देशन दिएका थिए । निर्माण भई रहेको सडकमा भूमिगत ढल निकासको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]