१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

कृषि ज्ञान केन्द्र कैलालीद्वारा कृषक समूहलाई पावर टिलर हस्तान्तरण

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

न्यूजमधेश डेस्क
टिकापुर,१५ फागुन । कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ । ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो । कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पु¥याउन पावर टिलर हस्तान्तरण गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि यान्त्रीकरण वितरण कार्यक्रमअन्र्तगत कृषि ज्ञान केन्द्रले भजनी नगरपालिकाको रजवार गहँु ब्लक समिति र जोशीपुर गाउँपालिकाको मनिकापुर कृषक समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो । कृषि ज्ञान केन्द्रले रजवार गहुँ ब्लक समितिलाई छ थान पावर टिलर हस्तान्तरण ग¥योे । “कृषि कार्यमा लागत घटाई उत्पादनमा वृद्धि गर्न गहुँ ब्लक समितिलाई पावर टिलर हस्तान्तरण गरेका हौँ”, कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भन्नुभयो, “यो बहुउपयोगी प्रविधि भएकाले किसानका लागि सहज हुन्छ । व्यावसायिकरुपमा खेती गर्ने कृषक र समूहका लागि समय व्यवस्थापनमा यसले सघाउ पु¥याउँछ ।”

रजवारा ब्लक समूहले यस वर्ष १०० हेक्टरमा गहुँ खेती गरेको छ । कृषि ज्ञान केन्द्रको तीन वर्षे ब्लक प्रदर्शन कार्यक्रमअन्र्तगत दोस्रो वर्ष रु १० लाख बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको कृषि प्रसार अधिकृत चौधरीले बताउनुभयो । “गहुँ ब्लक समूहलाई ५० प्रतिशत अनुदान सहयोगमा पावर टिलर वितरण गरिरहेका छौँ”, कृषि प्रसार अधिकृत चौधरी भन्नुहुन्छ, “कृषक समूहको समेत लगानी भएमा अपनत्व हुन्छ । उनीहरुले सामग्रीको स्याहार गर्छन् भन्ने उद्देश्य हो ।” यस्तै प्रदेशको मुख्यमन्त्री कृषि कार्यक्रमअन्र्तगत कैलालीका अन्य ठाउँमा समेत कृषियन्त्र उपकरण वितरण जारी रहेको उहाँको भनाइ छ । उहाँले किसान परियोजना २ को संयुक्त आर्थिक तथा प्राविधिक र लगानीमा जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई दुई वटा पावर टिलर हस्तान्तरण गरिएको बताउनुभयो ।

कृषि उत्पादन बढाउन सहयोग पु¥याउन बर्सेनि स्थानीय र प्रदेश सरकारका विभिन्न निकायले कृषियन्त्र वितरण गरिरहेका छन् । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनपछि कैलालीका किसानले कृषियन्त्र, प्रावित्रिक ज्ञान र विभिन्न कृषि बालीमा अनुदान सहयोग पाउने गरेका छन् । जसले किसानलाई फाइदा भइरहेको किसान सन्दिप चौधरी बताउनुहुन्छ । “सिँचाइ आयोजना सञ्चालनपछि युवासमेत कृषिमा लागेका छन् । अनुदान, प्रविधिजस्ता सहयोग, सिँचाइको सुविधा भएपछि पढेलेखेका युवाले नयाँ प्रविधिको प्रयोगमा खेती थालेका छन्” ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]