०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

Logo
प्रकाशित आइतबार, फाल्गुण १६, २०७७

राकेश गुप्ता 
सर्लाही ,१६ फागुन । जिल्लाको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् ।

गाउँपालिका अध्यक्ष रामअश्रय साहको कोषबाट करिब ९ लाखको लागतमा बन्दै गरेको ९०÷९५ मिटर लामो, १२ फिट चौडाई र ८ इन्च उचाई भएको सडक ढलानमा १ नम्बर ईट्टा लगाउनु पर्नेमा ३ नम्बर ईट्टा लगाईएको भन्दै स्थानीयले गुणस्तरीयहिन काम भएको भन्दै बिरोध गरेका छन ।

स्थानियले बिरोध गरेपछि सडकको ढलान कार्य उपभोक्ता समितिले तत्काल रोकेको छ । गाउँपालिका इन्जिनियर नितेश साहले समेत १ नम्बर ईट्टा दिनु पर्ने ठाँउमा ३ नम्बर ईट्टा प्रयोग गरेका कारणले सोको मूल्याकन नगर्ने चेतावनी दिएको स्थानीयले बताएका छन् ।

इन्जिनियरले बनाएको इस्टिमेट अनुसार कार्य नभएको र इस्टिमेट अनुसार कार्य गर्न नचाहेको हुँदा आफूहरुले बिरोध गरेको स्थानीय फेकु रायले बताए । उपभोक्ता समितिका सदस्य प्रेम यादवले निमार्ण कार्य सुरु गर्दा १ नम्बर ईट्टा पाउन कठिन भएकाले ३ नम्बर ईट्टा प्रयोग गरेको बताए ।

धनकौल गाँउपालिका वडा नम्बर १ का स्थानिय रामपरिक्षण महत्तोले इस्टीमेट अनुसार काम नभए काम गर्न नदिने बताए । कमसल सामग्रीको प्रयोग गरी निमार्णकार्य गर्न कुनैपनि हालतमा नदिने महतोले बताए । यसैगरी गाउँपालिका अध्यक्ष रामआश्रय साहले कमसल सामग्री प्रयोग गरेर बाटो निर्माण भैरहेको र नागरीकको गुनासो आएपछि तत्काल आफुले काम बन्द गर्न निर्देशन दिएको बताए । कमसल ईट्टा प्रयोग भएकाले उक्त ईट्टा हटाएर १ नम्बर ईट्टा नै प्रयोग भएर उक्त सडक ढलान कार्य हुने अध्यक्ष साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]