०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

आरोप प्रत्यारोपमा रुमलिँदै नूनथर

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

न्यूजमधेश डेस्क
सर्लाही ,१७ फागुन । सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नूनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ । प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्रका लागि पटकपटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भए पनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

बजेटअनुसारको विकासको काम नभएको र भएका काम पनि गुणस्तरहीन भएको स्थानीयवासीको भनाइ छ । पहुँचवालाले स्थानीय विकासको नाममा नदी दोहन गरिरहेका उनीहरुको आरोप छ । उपभोक्ता समितिमार्फत भएको योजनामा एकलौटी तरिकाले काम गरेको र समितिका पदधिकारीसँग सल्लाहसमेत नगरेको स्थानीय कपिल माझीले गुनासो गर्नुभयो ।

नूनथर क्षेत्र प्रवेशमा लिइँदै आएको शुल्कको रकम पनि अनियमित हुने गरेको आशङ्का सर्वसाधारणले गरेका छन् । चन्द्रपुर नगरपालिकालाई राजश्व दाखिलासमेत नगरी चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर रखालले रकम अपारदर्शी ढङ्गले असुल्ने गरेको पाइएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताउनुभयो ।

वडाध्यक्ष रखालले भने प्रक्रिया सङ्गत ढङ्गले काम गरेको बताउनुभयो । नूनथर विकास समितिले प्रक्रियासङ्गत तरिकाले काम गरेको उहाँको भनाइ छ । उहाँले नगरपालिका र नूनथर विकास समितिले सिधैँ सम्झौता गरेर काम गरेको पनि बताउनुभयो । चन्द्रपुर नगरपालिकाको लेखा अधिकृत कृति सुवेदीका अनुसार नूनथर विकास समितिले प्रवेश शुल्क काट्दा ३० प्रतिशत नगरपालिकाको राजश्व शाखामा बुझाउने र बाँकी रहेको ७० प्रतिशत नूनथर विकास समितिमा राखेर सरसफाइलगायतको काममा खर्च गर्ने नगरपालिका नगर कार्यपालिकाले निर्णय नै गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]