१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

प्रेममा डुबेकी महिलाले यसरी त्यागिन् प्राण

Logo
प्रकाशित मंगलबार, फाल्गुण १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ फागुन । भारतको पश्चिम बंगाल राज्य अन्तर्गत सिक्किमी सर्मिष्ठा पोखरेलले झापाको भद्रपुर निवासी राजु तिमिल्सिनासँग २० बर्षअघि सामाजिक परम्परा अनुसार विवाह गरिन् । बिहेको केहि दिनपछि दुबै जना काठमाडौं आए । केहि दिन यहाँ बसेपछि राजु वैदेशिक रोजगारमा गए । श्रीमान् रोजगारका लागि खाडी मुलुक जाँदा सर्मिष्ठाले काठमाडौंमै होस्टेल संचालन गरिन् ।

एमबिबिएस अध्ययन गर्न गएका महोत्तरी सदरमुकाम जलेश्वरका राहुल पाण्डे उनकै होस्टेलमा बस्न थाले । यहीं क्रममा राहुल र सर्मिष्ठाबीच घनिष्टता बढ्यो । र, दुबैबीच प्रेम भएको प्रेम शारीरिक सम्पर्कसम्म पुग्यो ।एकअर्कासँग बस्न नसक्ने दुबै जनाले पशुपतिनाथ मन्दिरमा विवाह पनि गरे । २०७५ सालमा बिवाह गर्दा दुबै जना खुशी खुशी काठमाडौंमै बसिरहे ।

राहुलको पढाई सकियो । उनी आफ्नो घर फर्के पुनः भेट्ने प्रतिबद्धताका साथ । घर फर्केका उनले सर्मिष्ठासँगको सम्पर्क तोड्ने प्रयास शुरु गरे । सर्मिष्ठासँग सम्पर्कबिहीन भएका उनी जनकपुरधामस्थित काब्या हस्पिटलमा काम शुरु गरे ।

लामो समयपछि राहुल सम्पर्कबिहीन भएपछि सर्मिष्ठा उनकै गाउँ जलेश्वर पुगिन् ।

तर, राहुल भेट्न नमानेपछि सर्मिष्ठा महिला अधिकारकर्मीसम्मको ढोका ढक्ढक्याइन् । अधिकारकर्मीले आफ्नो तर्फबाट पुरै प्रयास गरे दुबैलाई मिलाउन । राहुललाई पाउने आशमा सर्मिष्ठा जलेश्वरस्थित महिला अधिकारकर्मी सविता यादवकै घरमा ९ दिनसम्म बसिन् । पछि ओरेक कार्यालय नजिकै घर भाडा लिएरै बस्न थालिन् । राहुललाई पाउन प्रहरीमा उजुरी दिइन् । तर, कुनै सीप लाग्ने नदेखेपछि झुण्डिएर प्राण नै त्यागिन् ।

८ फागुनमा जनकपुरधामस्थित नमस्कार होटेलमा मृत फेला परेकी महिला नै सर्मिष्ठा हुन् । र, उनकै यो प्रेम कथा हो । प्राण त्याग्नुअघि उनले यी कुराहरु उल्लेख गरेर नोट बनाएकी छन् । र, यो नोट प्रहरीले राखेको छ ।

सर्मिष्ठा राहुललाई भेट्न जनकपुरधाम आएपछि महिला अधिकारकर्मीसँगको पहलमा राहुलको घरसम्म पुग्न सफल भइन् । तर, सोंचेको कुरा पाउन सकिनन् । उनलाई लिएर राहुलको घरसम्म पुगेकी महिला अधिकारकर्मी सविता यादव भन्छिन्, “सर्मिष्ठालाई लिएर दुई पटक राहुलको घर गयौं । पहिलो दिन राहुल भेट्नन् । अर्काे दिन जाँदा उनको आमासँगै राहुल फेला परे ।”

कुरा गर्ने क्रममा राहुलले सर्मिष्ठासँग शारीरिक सम्बन्ध भएको स्वीकारेको यादवले बताइन् । ‘विगतमा जे भयो, भयो उसलाई स्वीकार्न सक्दैनौ भनेर राहुलले सिधै भने, सविताले भनिन्, “हामीले निक्कै प्रयास ग¥यौं । तर न त उनको आमाले स्वीकारे । नत राहुलले नै ।”

राहुल र उनकी आमाले सर्मिष्ठाको उमेर धेरै भएको र समाजले नमान्ने भन्दै स्वीकार्न नमानेको सविताले बताइन् ।

सर्मिष्ठाको उमेर ४० बर्ष थियो भने राहुलको उमेर ३३ बर्षको छ । सर्मिष्ठाका १८ बर्षीया छोरी र १४ बर्षका छोरा समेत छन् ।

राहुलको परिवारले स्वीकार्न नमानेपछि सर्मिष्ठा महोत्तरी प्रहरीमा उजुरी दिन गन् । त्यहाँ उनको उजुरी प्रहरीले लिएन् । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय धनुषामा आएर उजुरी दिइन् । ‘यहाँ उजुरी आएपछि मैले नै तोक लगाएको थिएँ’ धनुषा प्रहरीका डिएसपी एवं प्रबक्ता मकेन्द्र कुमार मिश्रले भने, “तर, उजुरी दिएको २ दिनपछि नै होटेलमा मृत फेला परिन् ।”

सर्मिष्ठा मृत फेला परेको होटेलमा कोठामा सोसाइट नोट पनि फेला परेको छ । उक्त सोसाइट नोटमा राहुलसँगको सम्बन्ध रहेको र उनले स्वीकार नगर्दा आत्महत्या गरेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।

म्हिला अधिकारकर्मी यादव भन्छिन्, “राहुलले स्वीकार गर्न नसक्नु र पहिलाको श्रीमान् तथा छोराछोरी समेतलाई छाडेर भागेपछि त्यो आरोप लाग्ने भएकाले सर्मिष्ठाले आत्महत्याकै बाटो रोजेको देखिन्छ ।”

जसरी राहुलले सर्मिष्ठाको उमेर बढी भएको भन्दै नस्वीकार्ने बताए त्यो नै अपराध हो’ सर्मिष्ठाका आफन्त र्शिला लामिछानेले भनिन्, “सर्मिष्ठाको उमेर आफूभन्दा बढी भएको, उसको श्रीमान्, छोरा छोरी पनि भएको थाहा पाउँदा पाउँदै किन शारीरिक सम्बन्ध बनाएर बिहेसम्म गरे त ?”

सर्मिष्ठाले प्रेममा परेर आत्महत्या गरेपछि आफन्तले शव बुझेर अन्तिम संस्कार गरेपनि प्रहरीमा त्यस किसिमको उजुरी नदिएको प्रहरी प्रबक्ता मिश्रले बताए । मृतकको आफन्तले जाहेरी दिएको भए आत्महत्या दुरुत्साहनसम्मको मुद्दा चल्ने अवस्था रहेको उनले बताए । यद्यपी आफ्नो तर्फबाट अनुसन्धान गरिरहेका उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]