०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

रेशम चौधरीको रिहाइका लागि मात्रै छलफल भएको हो :नेता कर्ण

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टीको नेता लक्ष्मणलाल कर्णले सांसद रेशम चौधरीको रिहाइको विषयमात्रै एमाले नेताहरुसँग कुराकानी भएको बताएका छन्।

सरकारसँग वार्ता गर्न कर्ण लगायत जसपा सांसद बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। यसलाई सत्ता साझेदारीका विषयमा हेरिएको थियो।

तर, सांसद कर्णले सत्ता साझेदारीका विषयमा नभएर सांसद चौधरीको रिहाइका लागि छलफल भएको बताएका छन्। उनले भने, सहामीले सत्ता समिकरणबारे कुनै छलफल गरेका छैनौं। सांसद रेशम चौधरीको रिहाइका सम्बन्धमा मात्रै वार्ता गरेका हौं।

उनले सांसद चौधरीको रिहाइका विषयमा सरकारका तर्फबाट सकारात्मक जबाफ आएको बताए। ुहामीले उहाँहरूका कुरा सुन्यौं। हाम्रा कुरा भन्यौं। सांसद रिहाइबारे उहाँहरूको जवाफ सकारात्मक छ, उनले भने।

सांसद चौधरी टीकापुर घटनामा जेलमा छन्। यसलाई राजनीतिक मुद्दाका रुपमा लिएर रिहाइ गर्नुपर्ने जसपाका नेताहरुको भनाइ छ।

यस अघि पनि प्रधानमन्त्री ओलीले चौधरीलाई रिहाइ गर्ने र मधेशका माग सम्बोधन हुने गरि संविधान संशोधन गर्ने आश्वासन दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]