१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

प्रधानमन्त्री ओलीलाई त्यागको भावना हराएपछि के हुन्छ !

Logo
प्रकाशित शनिबार, फाल्गुण २९, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२९ फागुन । संविधान, कानून, विधि, विधान, पार्टी,संगठन सबै भाँडमा गए पनि कुनै हालतमा कुनै पनि पद नछाड्ने प्रवृति हावी हुँदै जाँदा नेपाली राजनीति एकपछि अर्को जटिलतामा फस्दै गएको छ। विडम्बना देशको प्रधानमन्त्री, कम्युनिष्ट पार्टीको नेता आफूले पद छाड्न परे सबै भताभुङ्ग पारेर छोड्ने सार्वजनिक चेतावनी दिँदै हिंड्नुहुन्छ । प्रधानमन्त्री छाड्न परे संसद भंग गर्ने,अध्यक्ष छाड्न परे पार्टी धुजाधुजा पार्ने घोषणा गर्नुहुन्छ ।

वाम राजनीतिका जानकारहरुका अनुसार ओलीका पछिल्ला कदम कम्युनिष्ट आन्दोलन सिध्याउने खेलबाट प्रेरित छन् ।उनीहरुका भनाइ मान्ने हो भने कम्युनिष्ट आन्दोलन सिध्याउने खेलको सुरुआत सुसंगठित एमाले विघटनबाट थालनी गरिएको थियो । सर्वोच्च अदालतको एउटा निर्णयले एमाले बौरियो । एकतापूर्व एमालेको जे स्थिति थियो,त्यहीँ पुर्याइदियो । त्यसैले त राजनीतिक रुपले फरक कित्तामा पुगेको माधव नेपाल पक्ष इमान्दारीपूर्वक एमालेमै फर्कियो ।

आफैले विघटन गरेको पार्टी बनाउने ओलीका लागि यो एउटा ठूलो अवसर भएपनि सदुपयोग गर्न नसकेको एकथरिको विश्लेषण छ । बरु पार्टीको विधान च्यातेर ओली फेरि अर्को बिघटनको दिशातर्फ उध्यत देखिनुले उहाँ पार्टीलाई बलियो बनाउन चाहनुहुन्न भन्ने प्रष्ट्याएको छ । यसो किन भनिएको भने एमालेको विधानमा कुनै परिस्थितिमा केन्द्रीय सदस्य खालि हुँदा वैकल्पिक सदस्यलाई उकाल्नुपर्ने व्यवस्था छ । कुनै पार्टीबाट प्रवेश गरेकालाई सोझै केन्द्रीय सदस्य बनाउन पनि विधानले मान्दैन । अहिले कायम विधान त्यहि हो । तर हिजो ओलीले एकलौटी रुपमा २३ जनालाई मनोनित गर्नुभयो ।

बृहत कम्युनिष्ट एकताको पवित्र उद्धेश्यले दुई ठूला कम्युनिस्ट पार्टी मिलाउँदा पनि ओलीमा जागेको प्रधानमन्त्रीको भोककै कारण भताभुङ्ग पारिएको कतिपयको आरोप छ । किनभने आफैले गरेको आलोपालो सहमतिको लिखत च्यातेर ओली एक्लै हिंड्न थालेपछि नै गडबडी शुरु भएको बताइन्छ । आलोपालो सहमतिबाट पछि हटेर प्रचण्डले पाँचै वर्षका लागि सत्ताको साँचो सुम्पिँदा पनि ओलीलाई एकाधिकारको भोकले नछोड्दा परिस्थिति यहाँ आइपुगेको विश्लेषकहरु बताउँछन् ।

‘यी सबै काम कम्युनिष्ट पार्टी ध्वस्त पार्ने योजनाका साथ् गरिएको देखिन्छ । ओली कम्युनिष्ट पार्टी सिध्याउने खेलमा लागेका छन् भन्ने कुरा अब छर्लंग भैसक्यो’,वाम राजनीतिका ती जानकार भन्छन्, ‘यो कुनै माधव नेपाल र वामदेव गौतमको मात्र कुरा होइन । हरेक कम्युनिष्ट कार्यकर्ताले अब बुझ्नुपर्छ। यसैगरी जाने हो भने नेपालमा कम्युनिष्ट पार्टीको अवशान अबश्यम्भावी छ ।’

अदालतमा सेटिङ मिलाउँदा पनि प्रतिनिधिसभा विघटनको प्रयास असफल भएपछि प्रधानमन्त्री ओली पार्टी विघटनको योजनामा लागेको बताइन्छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई विधान विपरित एकलौटी ढंगले हटाउने निर्णयले ओली कुन हदसम्म जान खोज्दै हुनुहुन्छ भन्ने कुरालाई संकेत गरेको छ ।

‘पहिला पनि उहाँले पार्टी एकताका नाममा आफू प्रधानमन्त्री बन्न एमाले विघटन गर्नुभयो । बीचमा नेकपा हुँदा पनि उहाँमा इमान्दारिता देखिएको थिएन । अहिले फेरि एमालेमा आइपुग्दा पहिलेकै ठाउँमा पुग्नुभएको देखिन्छ। यो अन्ततस् कम्युनिष्ट पार्टी विघटन गर्ने र आन्दोलनलाई बद्नाम गराउने षड्यन्त्र हो’, उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]