१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

बीबीसी मास्टर सेफ साहलाई जनकपुरधाम भव्य स्वागत

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ चैत्र । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आइतबार काठमाडौंबाट पुख्र्यौली घर सिरहाको कर्जन्हा जानेक्रममा जनकपुर आइपुगेका साहलाई जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साहको अगुवाइमा युवाहरूले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

साथै युवाहरूले विमानस्थलमा केक काटेर खुःशी साटासाट गरेका छन् । बेलायतमा बस्दै आएका साह फागुन १३ गते काठमाडौं आइपुगेका थिए । १७ दिन काठाडमौं बसेर उनी पुख्र्यौली घर जान लागेका हुन्।

साहलाई लिन ९५ वर्षीया आमा सोमरीदेवी, दाइ, भाउजू र भतिजी जनकपुर विमानस्थल पुगेका थिए । साहले आमाको नजिक पुगेलगत्तै अंगालो मारे। त्यसपछि आमा र भाउजूले आरति गर्दै टीका लगाइदिए ।

स्वगतपछि उनी कुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘म यो पेसाप्रतिको सोच परिवर्तन होस् भन्ने चाहन्छु। र यसकै लागि म नेपाल आएको छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]