१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

एमाले विवाद उस्तै

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,७ चैत्र । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज ९शनिबार० बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।

नेकपा केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले शनिबार संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताए । यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शनिबारको बैठकसमेत बहिष्कार गर्ने भएका छन् ।

शुक्रबार राति बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको उनले बताए ।

रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने बताए ।

यता उपाध्यक्ष वामदेव गौतमले संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताए ।

तर, उपाध्यक्ष गौतमले २८ फाुगनमा ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज गर्नुपर्ने माग अघि सार्नेछन् र त्यो माग सम्बोधन नभएको अवस्थामा गौतमले बैठक बहिष्कार गर्ने उनका सचिवालयले जनाएको छ ।

समानान्तर कमिटी बनाउँदै नेपाल समूह
यसैबीच नेपाल समूहको युवा संघ नेपालले शनिबार काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सो भेलाको उद्घाटन वरिष्ठ नेता नेपालले गर्ने जनाएको छ । सोही भेलाबाट केन्द्रीय कमिटीको समेत घोषणा गरिने बताइएको छ ।यो राजधानी दैनिक पत्रीकामा प्रकाशित समाचार हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]