१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

रक्षक नै भक्षक भएपछि…!

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

न्यूजमधेश डेस्क
बुटवल,८ चैत्र।रक्षक नै भक्षक भएपछिु भन्‍ने उखान रुपन्देहीमा यथार्थ भएको छ । तिलोत्तमामा एक प्रहरी जवानमाथि बलात्कारपछि हत्याको प्रयास गरेको आरोप लागेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । नवलपरासी जर्गास्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठारिया ९थारु०लाई घटनामा संलग्न भएको आरोप लागेको हो ।

पीडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा प्रहरीले कठारियालाई पक्राउ गरिसकेको छ । कानुन बमोजिम जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा जाहेरी परेको र जाहेरीकै आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

अन्दाजी २२ वर्षे प्रहरी जवान कठारियाले शनिबार विहान करिब ५ बजेको समयमा युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको आरोप छ । प्रहरी नायव उपरीक्षक राठौरले भने,‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जँगलमा फ्याकिएको रहेछ, बेहोस भइसकेपछि युवकले मर्यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो, पछि युवती आफै उठेर अचेत अवस्थामा हिँडिरहेको देखेपछि स्थानीयले उद्दार गरे ।’

घटना बारे जानकारी पाए लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन् । पीडित युवतीलाई रुपन्देहीकै एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।- ईकागज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]