०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

पर्साबाट २१ हजार नगदसहित जुवा खालबाट २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

न्यूजमधेश डेस्क
जकपुरधाम ,१० चैत्र । प्रहरीले नगदसहित जुवा खालबाट दुई जनालाई पक्राउ गरेको छ ।

पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा ६-७ जना जुवाडेहरु भागी फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट २१ हजार २६० रुपैयाँसहित तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई ९ का ४० वर्षीय उमेश राउत कुर्मी र सोही स्थानका ३० वर्षीय लालबाबु प्रसाद रहेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]