२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

मेयर गोइतलाई कमला युुवा संजालको चेतावनी

Logo
प्रकाशित आइतबार, आषाढ १५, २०७६

जनकपुरधाम,असार १५ गते। कमला युुवा संजालले विभिन्न ११ बुंदे माग अगाडी सार्दै कमला नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। आईतवार संजालले नगरपालिकाका प्रमुख रामउदगार गोइतलाई ज्ञापनपत्र वुझाउदै प्रस्तुत गरिएका मागहरुलाई आउने योजनामा समावेस गर्नका लागि आह्वान गरिएको छ ।संजालका प्रतिनिधी मंजय कुमार यादवको नेतृत्वमा नगर प्रमुख गोइतलाई बुझाइएको ज्ञापनपत्रमा कमला नगरपालिकाको प्रत्येक वार्डलाई सहज हुने गरि कार्यपालिका सम्म जोडने रिंग रोडको निमार्ण ,प्रत्येक वार्डमा नगरस्तरको खेल निमार्णको साथ साथै नगरका प्रत्येक खेल टिमलाई खेलको समाग्री प्रदान गर्नुपर्ने माग अगाडी सारेको छ । त्यसैगरि प्रत्येक टोलमा एक एक वटा नमुना प्राथमिक विद्यालय निमार्र्ण गर्नुपर्ने ,प्रत्येक टोलमा स्वास्थ्य चौकीको स्थापना र भएभरका स्वस्थ चौकीमा समेत औषधीको अभाव भएकोले १५ दिनको भित्रमा स्वास्थ्य चौकीहरुमा औषधीको उपलव्धता गराउनुपर्ने माग गरेका हुन । सो कमला नगरपालिकामा करको भारले जनतालाई अचाक्ली भएकोले नगरपालिकालाई कर मुक्त वनाउनुपर्ने ,हुलाकी राजमार्गलाई छुने गरि चालीस फिट चौडाई भएको पिचिंङ तथा नाला भएको सडक निमार्ण त्यसैगरि नगरपालिकालाई सफा सुग्घर राख्नका लागि सरसफाई गर्ने सवारी साधन र नगरपालिकामा दुइवटा बारुणयन्त्र खरिद गर्नुपर्ने ,नगरपालिका भरि इन्टरनेटको पहुच वनाउनुपर्ने लगायतको माग संजालले अगाडी सारेको छ । संजालका प्रतिनिधी मंजय कुमार यादवको नेतृत्वमा वुझाइएको ज्ञापनपत्र कार्यक्रममा स्थानिय युवानेता मनोज कुमार मोरबैता,रामसागर मण्डल ,उपेन्द्र मण्डल ,जयनाथ यादव लगायतका युवा नेताहरुको सहभागितामा ज्ञापनपत्र बुझाएको संजालको सदस्य राजु साहले जानकारी दिएका छ्न

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]