२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

मेयर गोइतलाई कमला युुवा संजालको चेतावनी

Logo
प्रकाशित आइतबार, आषाढ १५, २०७६

जनकपुरधाम,असार १५ गते। कमला युुवा संजालले विभिन्न ११ बुंदे माग अगाडी सार्दै कमला नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। आईतवार संजालले नगरपालिकाका प्रमुख रामउदगार गोइतलाई ज्ञापनपत्र वुझाउदै प्रस्तुत गरिएका मागहरुलाई आउने योजनामा समावेस गर्नका लागि आह्वान गरिएको छ ।संजालका प्रतिनिधी मंजय कुमार यादवको नेतृत्वमा नगर प्रमुख गोइतलाई बुझाइएको ज्ञापनपत्रमा कमला नगरपालिकाको प्रत्येक वार्डलाई सहज हुने गरि कार्यपालिका सम्म जोडने रिंग रोडको निमार्ण ,प्रत्येक वार्डमा नगरस्तरको खेल निमार्णको साथ साथै नगरका प्रत्येक खेल टिमलाई खेलको समाग्री प्रदान गर्नुपर्ने माग अगाडी सारेको छ । त्यसैगरि प्रत्येक टोलमा एक एक वटा नमुना प्राथमिक विद्यालय निमार्र्ण गर्नुपर्ने ,प्रत्येक टोलमा स्वास्थ्य चौकीको स्थापना र भएभरका स्वस्थ चौकीमा समेत औषधीको अभाव भएकोले १५ दिनको भित्रमा स्वास्थ्य चौकीहरुमा औषधीको उपलव्धता गराउनुपर्ने माग गरेका हुन । सो कमला नगरपालिकामा करको भारले जनतालाई अचाक्ली भएकोले नगरपालिकालाई कर मुक्त वनाउनुपर्ने ,हुलाकी राजमार्गलाई छुने गरि चालीस फिट चौडाई भएको पिचिंङ तथा नाला भएको सडक निमार्ण त्यसैगरि नगरपालिकालाई सफा सुग्घर राख्नका लागि सरसफाई गर्ने सवारी साधन र नगरपालिकामा दुइवटा बारुणयन्त्र खरिद गर्नुपर्ने ,नगरपालिका भरि इन्टरनेटको पहुच वनाउनुपर्ने लगायतको माग संजालले अगाडी सारेको छ । संजालका प्रतिनिधी मंजय कुमार यादवको नेतृत्वमा वुझाइएको ज्ञापनपत्र कार्यक्रममा स्थानिय युवानेता मनोज कुमार मोरबैता,रामसागर मण्डल ,उपेन्द्र मण्डल ,जयनाथ यादव लगायतका युवा नेताहरुको सहभागितामा ज्ञापनपत्र बुझाएको संजालको सदस्य राजु साहले जानकारी दिएका छ्न

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]