२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

शर्माको प्यानलको उम्मेदवारी घोषणा

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ चैत्र । नेपाल पत्रकार महासङ्घको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत नौ वटा पत्रकारका सङ्गठनले आज उम्मेदवार घोषणा गरेका छन् ।

प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत नौ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको तर्फबाट आज यहाँ आयोजित कार्यक्रममा पत्रकार निर्मला शर्मा अध्यक्ष रहेको पदाधिकारीतर्फका उम्मेदवारी घोषणा गरेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल, महिला उपाध्यक्षमा दाना केसी सुवेदी, समावेशी उपाध्यक्षमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेतले उम्मेदवारी दिनुभएको छ । यस्तै खुला सचिवमा रामकृष्ण ज्ञवाली, महिला सचिवमा निमा काफ्ले, मधेशी सचिवमा स्वेता सिन्हा, आदिवासी जनजाति सचिवमा शाहीमान राई, दलित सचिवमा मधु शाही, एशोसियट सचिवमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्णा गिरी र लेखा समितिको संयोजकमा द्वारिका काफ्लेले उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रमा अध्यक्ष पदका उम्मेदवार शर्माले महासङ्घलाई श्रमजीवी पत्रकारको सङ्गठन बनाउन महिला नेतृत्व आवश्यक रहेकाले आफूलाई जिताउन आग्रह गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पक्षका उम्मेदवार शर्मा भएकाले जिताउन अनुरोध गर्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले यसपटक महिला उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले शर्माको नेतृत्वमा रहेको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानललाई जिताउन आग्रह गर्नुभयो । अन्य सदस्यको उम्मेदवारी भने पछि घोषणा गर्ने प्रेस चौतारीका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]