१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

शर्माको प्यानलको उम्मेदवारी घोषणा

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ चैत्र । नेपाल पत्रकार महासङ्घको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत नौ वटा पत्रकारका सङ्गठनले आज उम्मेदवार घोषणा गरेका छन् ।

प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत नौ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको तर्फबाट आज यहाँ आयोजित कार्यक्रममा पत्रकार निर्मला शर्मा अध्यक्ष रहेको पदाधिकारीतर्फका उम्मेदवारी घोषणा गरेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल, महिला उपाध्यक्षमा दाना केसी सुवेदी, समावेशी उपाध्यक्षमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेतले उम्मेदवारी दिनुभएको छ । यस्तै खुला सचिवमा रामकृष्ण ज्ञवाली, महिला सचिवमा निमा काफ्ले, मधेशी सचिवमा स्वेता सिन्हा, आदिवासी जनजाति सचिवमा शाहीमान राई, दलित सचिवमा मधु शाही, एशोसियट सचिवमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्णा गिरी र लेखा समितिको संयोजकमा द्वारिका काफ्लेले उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रमा अध्यक्ष पदका उम्मेदवार शर्माले महासङ्घलाई श्रमजीवी पत्रकारको सङ्गठन बनाउन महिला नेतृत्व आवश्यक रहेकाले आफूलाई जिताउन आग्रह गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पक्षका उम्मेदवार शर्मा भएकाले जिताउन अनुरोध गर्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले यसपटक महिला उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले शर्माको नेतृत्वमा रहेको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानललाई जिताउन आग्रह गर्नुभयो । अन्य सदस्यको उम्मेदवारी भने पछि घोषणा गर्ने प्रेस चौतारीका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]