१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

बम विस्फोट गराएको आरोपमा दुई पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७

न्यूजमधेश डेस्क
लहान ,१७ चैत्र । केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ ।

गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको बम विस्फोटमा एक कर्मचारीसहित आठ घाइते भएका थिए ।

प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो ।बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो ।

यसअघि सोही बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले लहान नगरपालिका–१८ भदैया निवासी २८ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]