२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रहरी प्रशासनले बल प्रयोग भन्दै ,विद्यार्थीद्वारा धारापानीमा विरोध प्रदर्शन

Logo
प्रकाशित आइतबार, आषाढ १५, २०७६

शम्भु पण्डित , जनकपुरधाम,असार १५ गते।धनुषा जिल्लाको मुलाबारी माध्यमिक विद्यालय भिमान धारापानीको जग्गा विवादले उग्ररूप लिएको छ । शनिबार विद्यालय बन्द रहेको बेला पशुपति कुमारी लामाले प्रहरी प्रशासनको आडमा विद्यालयको पर्खाल भत्काएर जबर्जस्ती नापी गरेको बिरोधमा विद्यालयमा अध्ययनरत गरिरहेका विद्यार्थीले नारा सहित बिरोध प्रदर्शन गरेकाे छन । हुन त यो विवाद नयाँ नभई २०३३ सालमा जग्गा धनिले विद्यालयसंग एक हजार रुपैयाँ लिएर जग्गाधनी कर्ण बहादुर सङ्बाले विद्यालयलाई बेचेका थिए । पछिल्लो समय उक्त जग्गाको मुल्य बढेपछि २०५६ साल मंसिर १४ गते पुनरावेदन अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दा विद्यालयले जितेको थियो । त्यसपछि जग्गाधनीले २०६९ साल असोज २ गते सर्बोच्च अदालतमा मुद्या हालेका थिए । तर सर्बोच्च अदालतले पनि मा.वि.मुलाबारी भिमान धारापानीकै पक्षमा फैसला सुनाएको थियो । अहिले विद्यालय रहेको जग्गामा करोडौंको भौतिक संरचनाहरु बनिसकेको र हाल विद्यालयमा १ हजार ३ सय ४५ बिद्यार्थीहरु अध्ययनरत रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]