२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

प्रहरी प्रशासनले बल प्रयोग भन्दै ,विद्यार्थीद्वारा धारापानीमा विरोध प्रदर्शन

Logo
प्रकाशित आइतबार, आषाढ १५, २०७६

शम्भु पण्डित , जनकपुरधाम,असार १५ गते।धनुषा जिल्लाको मुलाबारी माध्यमिक विद्यालय भिमान धारापानीको जग्गा विवादले उग्ररूप लिएको छ । शनिबार विद्यालय बन्द रहेको बेला पशुपति कुमारी लामाले प्रहरी प्रशासनको आडमा विद्यालयको पर्खाल भत्काएर जबर्जस्ती नापी गरेको बिरोधमा विद्यालयमा अध्ययनरत गरिरहेका विद्यार्थीले नारा सहित बिरोध प्रदर्शन गरेकाे छन । हुन त यो विवाद नयाँ नभई २०३३ सालमा जग्गा धनिले विद्यालयसंग एक हजार रुपैयाँ लिएर जग्गाधनी कर्ण बहादुर सङ्बाले विद्यालयलाई बेचेका थिए । पछिल्लो समय उक्त जग्गाको मुल्य बढेपछि २०५६ साल मंसिर १४ गते पुनरावेदन अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दा विद्यालयले जितेको थियो । त्यसपछि जग्गाधनीले २०६९ साल असोज २ गते सर्बोच्च अदालतमा मुद्या हालेका थिए । तर सर्बोच्च अदालतले पनि मा.वि.मुलाबारी भिमान धारापानीकै पक्षमा फैसला सुनाएको थियो । अहिले विद्यालय रहेको जग्गामा करोडौंको भौतिक संरचनाहरु बनिसकेको र हाल विद्यालयमा १ हजार ३ सय ४५ बिद्यार्थीहरु अध्ययनरत रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]