१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

जनकपुरधाममा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ चैत्र । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ ।

विहिबार जिल्ला सहकारी संघ लि धनुषाका अध्यक्ष हरिश चन्द्र प्रसाद हरियोधका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादव रहेको थियो ।

प्रमुख अतिथिकै आसनबाट राज्यमंत्री यादवले भने ,जुन देशमा सहकारी छ ।त्यहाँ गरिबीको अन्त छ ।जहा सहकारी छैन त्यहाँ भुकमरी ,गरिबी रहेको उनले बताए ।

त्यसैगरी विशिष्ठ अतिथिमा प्रदेश २ का प्रदेश सांसद राम अशिष यादव , सांसद प्रमेश्वर साह ,अथितिमा जिल्ला समन्वय समितिका धनुषा अध्यक्ष राम देव बनरैत ,जसपाका केन्द्रीय संजय चौधरी ,समाजसेवी अमर चन्द्र अनिल ,समाजसेवी पवन सिन्घनिया,हंसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डल ,सबैला नगरपालिकाका मेयर विजय शंकर साहसहितका व्यक्तिहरु रहेको थिए ।

६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक साप्ताहिक कार्यक्रमका संयोजक प्रदेश २ का भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार र राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको छ ।

उक्त कार्यक्रममा वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक जय नाथ मण्डल ,ओम शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक भोगेन्द्र मण्डल ,रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक मनमोहन ठाकुर ,बिनिता यादव ,रेखा मण्डलसहितका सहकारीकर्मीहरु सम्मानित भएका छन्।

जिल्ला भरीका सहकारीका संचालकलगाइत विभिन्न क्षेत्रमा योगदान पुरियाएका करिब २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ लि धनुषाका उपाध्यक्ष बिनोद प्रदास रोहिताले राखेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]