२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

प्रदेश सरकारको राहत छोटे राजाको घरमै कुहिएपछी….!

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ चैत्र । गत जेठमा कोरोना महामारीलाई लक्षित गर्दै मुख्यमन्त्री लाल बाबु राउतले प्रदेशबासीको नाममा सम्बोधन गरे । घर–घरमा राहत दिने घोष्णा गरे । पहिलो चरणको राहत स्थानीय तहमार्फत वितरण सुरु गरे । स्थानीय सरकारले राहतमा काखापखा गरेको गुनासो सुन्न÷देख्न थाल्यो । प्रदेश सरकारले अतिविपन्नको घरमा राहत पु¥याउन पुनः दोस्रो चरणको राहत घोष्णा गरे । घरेलु तथा साना उद्योग कार्यालयसंग वास्तविक विवरण मागे । वितरण सुरु गरे । तर अधिकांश ठाउँमा जनताको घरमा राहत पुग्न सकेनन् ।

विदेह नगरपालिकाका नगर प्रमूख बेचन दासले कुहिएको चामल मात्र फालिएको बताए । ‘समय वितरण हुन नसकेको राहत कुहिएको थियो,’उनले फालिएको कुरा स्वीकार गर्दै भने, ‘तर थोरै मात्रमा वितरण हुन सकेको थिएन् । जुन कार्यालयमा कुहिएको थियो । करिव ५÷६ बोरा चामल र अन्त समाग्री फालिएको छ ।’ उनले थप कुरा बुझेर भन्ने भन्दै प्रतिक्रिया दिनबाट पञ्छिए ।

वडा नम्बर ६ का वडाध्यक्ष जयराम मण्डलको घर नजिकै सो राहत फालिएको छ । उनका अनुसार पालिकामा ९ वटा वडा रहेको छ । प्रत्येक वडामा ६०÷६० पोका राहत उपलब्ध गराइएको थियो । पालिकाले आफ्नै घरमा भाँडा लिएर राहत थन्काएको उनले जानकारी दिए । थन्काएको राहत समयमा वितरण नभएपछि कुहिएको उनको भनाई छ । ‘कुहिएको १२÷१३ बोरा चामल र अन्य समाग्री फालिएको छ,’उनले घटना बारे विस्तृत जानकारी गराउँदै भने, ‘राहत सामाग्री कुहिएपछि गन्हाउन थालेको थियो । मेरो स्टाफले म बाहिर रहेको बेला फालेको छ ।’

यस्तै उदाहरण मध्ये एक पालिका हो, धनुषाको विदेह नगरपालिका । जहाँ राहत कुहियो, तर वितरण भएनन् । नगरपालिकाको गोदाममा राहत कुहिएर गन्हाउन थालेपछि शनिबार मात्रै राहत डम्पिङ साइडमा फालिएको छ । विदेह नगरपालिका ६ तिनकौरीयास्थित बजार भन्दा पर सडकको छेउमै कुहिएको राहत फालिएको हो । शुक्रबार राति ८० बोरा कुहिएको चामल, खाने तेल, नुन, सोयाबिन र दाल फालिएको छ । कुहिएको चामल फालेका स्थानीयले आलोचना गरेपछि नगर प्रमूख बेचन दासले आफ्ना सहयोगिमार्फत उठाउन लगाएको थियो । नगर प्रमूख दास समर्थक महिलाहरु गाई, भैसीलाई खुवाउनको लागि कुहिएको समाग्री उठाएर लगेका छन् ।

यस्तै, सिराहाको कल्याणपुर नगरपालिका–६ भोक्राहामा राखिएको चामल पनि कुहिएको छ भने अन्य खाद्यय् समाग्रीको म्याद गुज्रिएको छ । दोस्रो चरणमा प्रदेश सरकारले पठाएको खाद्ययान्न कुहिएको हो । प्रदेश सरकारले ११ महिनाअघि घरेलु तथा साना उद्योग कार्यालयमार्फत वडा कार्यालयलाई वितरणका लागि ती खाद्य सामग्री पठाएको थियो । २५ किलो चामल, दुई किलो मुसुरो दाल, एक लिटर खाने तेल, एक प्याकेट नुन, आधा किलो सोयाबिन र एक थान हात धुने साबुन प्याकिङ गरी राहत प्याकेट तयार पारिएको थियो । तर, स्थानीय सरकारको वेवास्ताका् कारण राहत कुहियो, वितरण भएनन् ।

कल्याणपुर नगरपालिका–६ वडाध्यक्ष मोहम्मद मोतिबुल राइनले वास्तविक विपन्नको संख्या धेरै भएको हुनाले वितरणमा समस्या आएको बताए । ‘रातह लिने सख्या धेरै भयो । तर प्रदेश सरकारलें आवश्यक भन्दा कम राहत पठाए,’उनले भने, ‘त्यसकारण पनि राहत वितरणहुन सकेनन् ।’ वडामा प्रभावितको जनसंख्या बढी भएकाले कसलाई दिने र कसलाई नदिने भन्ने समस्या सिर्जना भएको भन्दै वितरण नगरेको उनले बताए ।

धनुषाको विदेह र सिरहाको कल्यानपुर प्रतिनिधिमुल मात्र हुन् । प्रदेश २ का अधिकांश पालिकाले राहत वितरण नगरी कुहाएर फालेका छन् । कतै राहतमा विवाद भएको कारण प्रभावित भएको छ भने कतै अपुग भएको भन्दै वितरण नगरी थन्काएर कुहिने बनायो । अनुगमन गर्ने जिम्मावारी पाएका प्रदेश सरकार र घरेलु तथा साना उद्योग कार्यालयलाई चासो नै छैन् । सरोकारबला निकायले राहत वितरणको प्रगति विवरण नमाग्दा स्थानीय सरकारले मनपरी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]