१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

प्रहरी र भारतीय तस्करबीच दोहोरो भिडन्त, एक जना तस्कर घाइते

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

न्यूजमधेश डेस्क
कैलाली ,२४ चैत्र । कैलालीको भजनी नगरपालिका–३ मोरियाघाटस्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो भिडन्त भएको छ ।

भिडन्तमा नेपाल प्रहरीतर्फ कुनै क्षति भएको छैन भने, एक जना तस्कर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता हिक्मत थापाले जानकारी दिनुभएको छ ।

प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएको बताइएको छ ।

प्रहरीको कारबाहीपछि घाइतेसहित चार जना तस्करै भारततिर भागेका छन् । तस्करलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले गोली प्रहार गरेपछि जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]