१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजयी

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ चैत्र । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजय भएका छन् ।

महासंघको बुधबार भएको सम्पन्न निर्वाचनमा बनैताले जित हात पारेका हुन् । उनले कुल ४५ मत पाए ।

अध्यक्ष पदमा बनैतासँगै हिरालाल चौधरीले ३८ मत पाएर पराजित व्यहोरेका छन् ।

उपाध्यक्षमा गणेश प्रसाद साह विजयी भएका छन् ।

महिला उपाध्यक्षमा रिंकु कुमारी दास विजयी भएकी छन् । सचिवमा शिवदयाल यादव , कोषाध्यक्षमा विरेन्द्र प्रसाद नेपाल सहसचिवमा राजेन्द्र महतो विजयी भएका छन् ।

समावेशी सहसचिवतर्फ दुर्गा परियारसहित पुरै प्यानल विजयी भएका छन् । निर्वाचनमा कुल मत ८३ खसेको थियो ।

नवनिर्वाचित अध्यक्ष मनोज बनैता न्यूजमधेशका सम्पादक हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]