२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सिरहाको कल्याणपुर नगरपालिकामा कार्यपालिकाले गरे तालाबन्दी

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

आशिष विश्वकर्मा
सिरहा,३१ चैत्र ।सिरहा कल्याणपुर नगरपालिकाका कार्यवाहाक मेयर र प्रशासकीय अधिकृतको मिलेमत्तोमा व्यापक अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले नै सोमबार तालावन्दि गरेका छन् ।

नगरसभाले पास गरेको योजनासमेत कार्यपालिका बैठक बिना नै आफ्नै ढङ्गले परिवर्तन गरी कार्यवाहक मेयर रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जय प्रशाद दासको मिलेमत्तोमा व्यापक अनियमितता गरेको भन्दै तालाबन्दि गरेको हो ।

कल्याणपुर नगरपालिकाका बहुमत कार्यपालिका सदस्यसहित ९ जना वडाअधयक्षहरूले १५ वटा माग सहित नगर नगरपालिकामा तालाबन्दि गर्दै प्रेस विज्ञप्ती समेत जारी गरेका छन् । तालाबन्दी गर्ने क्रममा कल्याणपुर नगरपालिका ३ नम्वर वडा अध्यक्ष अशोक मण्डलले मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजनाहरू कमिसनको खेलमा नजीकका मानिसहरुलाई जिम्मा दिई आफूखुसि संचालन गरेको बताए ।

उनले मेयर र अधिकृतले कमिसन लिई योजना बितरण गरीरहेको बताए । उनले भने, ‘उपप्रमुख र अधिकृतले कमिसनको खेलमा नजिकका मानिसलाई कादिने गरेको छ, यो रोक्न हामीले पटक–पटक माग ग¥यौं, तर रोकिएन त्यसैले तालाबन्दी गर्न भयौं ।’ वडा नम्बर ८ का वडाअध्यक्ष राजेन्द्र साहले ९ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नहुनु, वडाका योजनाहरु पनि वडाअध्यक्षलाई जानकारी समेत नदिई आफूखुसि सञ्चालन गर्नु, उनीहरुभन्दा बाहिरका उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानीमा आनाकानी गर्नुले आफूहरु आजीत भएको बताए ।

जारी विज्ञप्तीमा कार्यपालिका बैठक नबसि अपारदर्शी तरिकाले कर्मचारी भर्ना खारेज, पोखरी ठेक्कामा गरिएको अनियमितता पारदर्शी गर्नुपर्ने, अधिकृतले आफुखसी बाडेको योजनाहरू बदर गरि कार्यपालिकाको निर्णय अनुसार गर्नुपर्ने, वडाअध्यक्षहरूको जानकारी बिना नगरस्तरीय योजनाको उपभोक्ता समिति गठन प्रक्रिया रोक्नु पर्ने लगायतका माग उल्लेख गरेका छन् ।

प्रेस विज्ञप्ति मा ८ जना वडा अध्यक्ष र ७ जना कार्य पालिका सदस्य सहित १५ जनाको हस्ताक्षर रहेको छ । कल्याणपुर नगरपालिकामा १२ वडाहरू रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।