२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सिरहाको कल्याणपुर नगरपालिकामा कार्यपालिकाले गरे तालाबन्दी

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

आशिष विश्वकर्मा
सिरहा,३१ चैत्र ।सिरहा कल्याणपुर नगरपालिकाका कार्यवाहाक मेयर र प्रशासकीय अधिकृतको मिलेमत्तोमा व्यापक अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले नै सोमबार तालावन्दि गरेका छन् ।

नगरसभाले पास गरेको योजनासमेत कार्यपालिका बैठक बिना नै आफ्नै ढङ्गले परिवर्तन गरी कार्यवाहक मेयर रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जय प्रशाद दासको मिलेमत्तोमा व्यापक अनियमितता गरेको भन्दै तालाबन्दि गरेको हो ।

कल्याणपुर नगरपालिकाका बहुमत कार्यपालिका सदस्यसहित ९ जना वडाअधयक्षहरूले १५ वटा माग सहित नगर नगरपालिकामा तालाबन्दि गर्दै प्रेस विज्ञप्ती समेत जारी गरेका छन् । तालाबन्दी गर्ने क्रममा कल्याणपुर नगरपालिका ३ नम्वर वडा अध्यक्ष अशोक मण्डलले मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजनाहरू कमिसनको खेलमा नजीकका मानिसहरुलाई जिम्मा दिई आफूखुसि संचालन गरेको बताए ।

उनले मेयर र अधिकृतले कमिसन लिई योजना बितरण गरीरहेको बताए । उनले भने, ‘उपप्रमुख र अधिकृतले कमिसनको खेलमा नजिकका मानिसलाई कादिने गरेको छ, यो रोक्न हामीले पटक–पटक माग ग¥यौं, तर रोकिएन त्यसैले तालाबन्दी गर्न भयौं ।’ वडा नम्बर ८ का वडाअध्यक्ष राजेन्द्र साहले ९ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नहुनु, वडाका योजनाहरु पनि वडाअध्यक्षलाई जानकारी समेत नदिई आफूखुसि सञ्चालन गर्नु, उनीहरुभन्दा बाहिरका उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानीमा आनाकानी गर्नुले आफूहरु आजीत भएको बताए ।

जारी विज्ञप्तीमा कार्यपालिका बैठक नबसि अपारदर्शी तरिकाले कर्मचारी भर्ना खारेज, पोखरी ठेक्कामा गरिएको अनियमितता पारदर्शी गर्नुपर्ने, अधिकृतले आफुखसी बाडेको योजनाहरू बदर गरि कार्यपालिकाको निर्णय अनुसार गर्नुपर्ने, वडाअध्यक्षहरूको जानकारी बिना नगरस्तरीय योजनाको उपभोक्ता समिति गठन प्रक्रिया रोक्नु पर्ने लगायतका माग उल्लेख गरेका छन् ।

प्रेस विज्ञप्ति मा ८ जना वडा अध्यक्ष र ७ जना कार्य पालिका सदस्य सहित १५ जनाको हस्ताक्षर रहेको छ । कल्याणपुर नगरपालिकामा १२ वडाहरू रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]