१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

अमेरिकामा अश्वेत व्यक्तिलाई गोली हान्ने प्रहरी गिरफ्तार

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ बैशाख । अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार गरिएको छ ।

गिरफ्तार गरिएको प्रहरी अधिकारी किम पोटरलाई अब गैरन्यायिक हत्या ९सेकेन्ड डिग्री म्यानस्लटर० को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएको बीबीसीले जनाएको छ ।

२० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको पोटरले बताएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या “सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग” भएको आरोप लगाएका छन् ।

गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।

राइटको हत्यापछि उक्त क्षेत्रका दुई वटा शहर मिनियापलिस र सेन्ट पलमाका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए भने रात्रिकालीन कर्फ्यु लगाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]