१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

शान्ति सैनिकद्वारा नागरिक–सैनिक सहकार्य निरन्तरता

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ बैशाख ।लेवनानमा शान्तिस्थापनाका लागि तैनाथ बर्दबहादुर गणले आफ्नो कार्यक्षेत्रका वातावरण संरक्षणका लागि बिरुवा रोपणका साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ शान्ति सैनिक पूर्वी क्षेत्र कमाण्डर सहायकरथी जाभेर मिरागया प्रीइटोले शुभारम्भ गर्नुभएको ‘ब्लु टु ग्रीन क्याम्पियन’ लाई उक्त गणले निरन्तरता दिइरहेको छ ।

त्यहाँ तैनाथ नेपाली सेनाको बर्दबहादुर गणले गत चैत २८ गते नगरप्रमुखको सहभागितामा माज्दल स्लिममा २५० र साक्रा नगरपालिकामा पनि विभिन्न प्रजातिका २५० बिरुवा रोपेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

‘लेवनान मदर्श डे’ का अवसरमा हौला नगरपालिकाका महिलालाई लक्षित गरी यसअघि सञ्चालन गरिएको कोभिड–१९ र महिला स्वास्थ्य सचेतना तालिमका सहभागिलाई गणको तर्फबाट विभिन्न स्वाथ्य सामाग्री वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सामाजिक कार्यमार्फत उक्त गणले सैनिक नागरिक सहकार्यलाई अघि बढाउने क्रममा सञ्चालन गरिएको दन्त परीक्षण शिविरबाट जिम्मेवारी क्षेत्रका नागरिक लाभान्वीत भइरहेको जनाइएको छ । गणले हालको कोरोनाको महामारीमा समेत आफ्नो जिम्मेवारी क्षेत्रमा विविध सामाजिक गतिविधिलाई निरन्तरता दिएर स्थानीय निकायको मन जित्न सफल भएको सेनाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]