१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

सर्लाहीको चुरे क्षेत्रमा पिउने पानीको समस्या

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,५ बैशाख । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । वर्षेनी सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव व्यहोरिरहेका हुन् । सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयवासीले बताएका छन् । चुरे डाँडा छेउछाउका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खानेपानीको समस्या सिर्जना हुने गर्दछ ।

हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालीञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोलालगायत क्षेत्रमा खानेपानीको सङ्कट हुने गरेको हो । बढ्दो वन विनाश र अवैध उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका मुहान चाँडो सुक्न थालेका छन् ।

यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् । गाउँका ४०÷४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यसमा रातभरि जम्मा भएको पानीले दुई÷चार घरलाई मात्र पुग्ने गरेको ईश्वरपुर नगरपालिका–१२, कालीञ्जोरका कान्छा लामाले बताउनुभयो । “अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छौँ”, उहाँले सुनाउनुभयो । चुरेका बासिन्दा र वस्तुभाउले एउटै खोला÷खोल्साको पानी खान्छन् । दूषित पानी पिउँदा स्थानीय बासिन्दा बर्सेनि पखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका छन् ।

लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुन र चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गर्नुभयो । “मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ”, रानाले भन्नुभयो । एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।

खानेपानीको अभाव टार्न गत वर्ष लालबन्दी, वाग्मती र हरिवन नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पु¥याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीले बताएका छन् । नगरको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवम् नयाँ निर्माण गर्ने र ठाउँठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको जनप्रतिनिधिले बताएका छन् ।

हरिवन–१ चुरेपाखोस्थित धिमिलेमा आधा दर्जन गाउँलाई पानी खुवाउन ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । नगरप्रमुख गणेशप्रसाद प्रसाईंले उक्त ओभरहेड ट्याङ्कीको शिलान्यास गर्नुभएको हो । चालु आव २०७७÷७८ सम्म सम्पन्न गर्ने गरी दुई हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्न शुरु गरिएको नगरप्रमुख प्रसार्इंले जानकारी दिनुभयो । सो आयोजनाअन्तर्गत वडा वडा नं १ का सात स्थानमा त्यति नै क्षमताको ट्याङ्की निर्माण हुने नगरपालिकाले जनाएको छ । रु एक करोड ५० लाख लागतमा निर्माण हुन लागेको ट्याङ्कीमा दुई मुहानबाट पानी लिफ्टिङ गरेर लैजाने योजना रहेको नगर उपप्रमुख रेणुका पौडेलले बताउनुभयो ।

यसरी लिफ्टिङ गरिएको पानी चुरेडाँडामा रहेका वनमारा, केराबारी, थामीटोल, विलन्दी र बेलडाँडामा पाइपलाईनमार्फत वितरण गरिनेछ । पानीको उपयुक्त स्रोत नहँुदा स्थानीयवासीले मूलको जरुवा पानीलाई कुवा बनाएर सङ्कलन गरेर पिउँदै आएका छन् । त्यहाँ रहेको कुवा पनि हिउँदको केही महिना सुक्ने गर्दा काकाकुलको अवस्था बेहोर्नु परेको स्थानीयवासी सोमबहादुर वाइवाले गुनासो गर्नुभयो । गाउँमा पानी ट्याङ्की निर्माण हुने र घरघरमा धाराबाट पानी आउने भएपछि स्थानीयवासी खुशी भएका छन् । नगरको अति विकट मानिने वडा नं १ र आसपासका क्षेत्रमा कसरी पानी पु¥याउन सकिन्छ भनेर थप अध्ययन गरिसकिएको र नजीकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याउने थप प्रयास भइरहेको नगरप्रमुख प्रसार्इंले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]