०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सिरहामा बोक्सी आरोपमा कुटपीटगरी यातना दिएको आरोपमा युवक पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

आशिष विश्वकर्मा
सिरहा,६ बैशाख । सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपीटगरी यातना दिइएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई बोक्सी आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्यायको आरोपमा आफ्नै भतिजा २९ बर्षिय घुरन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले घटना बाहिर आएपनि त्यसका बास्तविकता बुझ्न बाँकी रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले प्रहरीमा घटनाको विषयमा आधिकारीक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भईरहेको जानकारी दिए । घटनामा संलग्न रहेको उनकै भतिजा घुरनलाई नियन्त्रणमा लिएको र अन्य भागेको बताए । उनले भने, ‘हामीले पीडितलाई यही झिकाएर जानकारी लिँदैछांै त्यसपछिमात्र घटनाबारे केही भन्न सकिन्छ ।’

यता, पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएको हीरादेवीले जानकारी दिइन । भतिज घुरन साहले कुटपीट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुमा कोचेको बताइन ।

हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूमाथि अमानवीय काम गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेकी छिन् । तर, घटना लुकाउन हीरादेवीलाई स्थानीयले दबाब दिएको बताइएको छ । स्थानीयको दवावका कारण उनी प्रहरीमा जान नसकेपछि प्रहरी आफै उनको घरमा पुगेको छ ।

बोक्सी आरोपमा कुटपिट गर्ने र मलमूत्र खुवाउने घटनाका दोषीलाई कानुनी कारबाही गर्नुको सट्टा स्थानीय अगुवा गाउँमै मिलापत्रको तयारीमा जुटेका छन् । घटनाको उजुरी गर्न प्रहरी चौकी औरही पुगेकी साहलाई स्थानीय श्रीदेव यादवलगायतले गाउँमै मिलापत्र गर्ने गरी फर्काएर ल्याएका छन । यादवले आफन्तबीचको घटना भएकाले प्रहरीमा मिल्नुभन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर फर्काएको बताए । कुटपिटको घटना सुन्नमा आएकाले आफूले गाउँमै मिलापत्रको लागि प्रहरीमा जानबाट फर्काएको उनको भनाइ छ ।

२ वैशाखमा मिथिला क्षेत्र जुडशीतल पर्व मनाउँदै थियो । हीरादेवी जेठाजुका छोराबुहारीलाई पानी छर्केर आशीर्वाद दिन उनीहरूको घर पुगिन । पानी छर्किने क्रममा घरमा रहेको गाईमाथि पानी प¥यो । त्यो पानी घुरनले आफैँ गाईमाथि खन्याएका थिए । जिउमा पानी परेको गाईको शनिबार बिहान मृत्यु भयो । गाई मरेको जानकारी घुरनले श्रीमती विन्दीलाई दिए । ‘गाई मरेको देखेपछि बुहारीलाई सुनाए,’ पीडित हीरादेवीले भनिन्, ‘त्यो सुन्नेबित्तिकै तथानाम गाली गर्न थाल्यो । सडकमा घिसार्दै कुटपिट गर्न थाल्यो । घुरनले पाखुरा र हात समातेर भुइँमा लडायो । बुहारीहरूले जबर्जस्ती मलमूत्र मुखमा कोचे ।’ गाई मारेको झुटो आरोप लगाएर सडकमा आफूलाई मलमूत्र खुवाउँदा पनि गाउँलेले रमिता मात्र हेरेको उनले गुनासो गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]