०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

एकैदिन तीन योजनाको शिलान्यास गरे साँसद अरगरिया साथमा मेयर बरबरिया पनि ..!

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ बैशाख । जनता समाजवादी पार्टीका संघीय साँसद आफ्नो निर्वाचन क्षेत्र नम्वर २ को शहिदनगर र कमला नगरपालिकामा आईतवार एकैदिन तीन योजनाको शिलान्यास गरेका छन् ।

शहिदनगर नगरपालिका ९ स्थित गोठ कोयलपुरको गढी कुटीमा साँसद अरगरिया र मेयर उदय बरबरियाले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका हुन् ।

धर्मशाला निर्माणका लागि साँसद अरगरियाले संसदीय विकास कोषबाट १० लाख रुपैया उपलब्ध गराएका छन् ।

यस्तै साँसद अरगरियाले कमला नगरपालिका ९ स्थित नरहा कब्रस्थानको पर्खाल र ठेढामा शहिद बमभोला यादवको स्मारक निर्माणको शिलान्यास गरेका छन् ।

कब्रस्थानको पर्खाल निर्माणका लागि उनले आफ्नो संसदी विकास कोषबाटै ५ लाख र शहिद स्मारक निर्माणका लागि १० लाख रुपैया उपलब्ध गराएका हुन् ।

चार कट्ठा जग्गामा कब्रस्थान रहेको छ । सोको पर्खाल निर्माणमा थप १० लाख रुपैया लाग्ने मुस्लिम अगुवाहरुको आग्रह अनुसार साँसद अरगरियाले आवश्यक पर्ने रकम उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

यस्तै शहिदनगर नगरपालिका ९ स्थित मस्जिदको मिनार निर्माण गर्न पनि साँसद अरगरियाले ५ लाख रुपैया उपलब्ध गराएका छन् ।

मस्जिदको निरीक्षण गर्दै उनले निर्माण कार्य अगाडी बढाउन मुस्लिम अगुवाहरुलाई आग्रह गरे । उनले थप रकम आवश्यक पर्दा उपलब्ध गराउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]