०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

महोत्तरीमा जेसिवि र टिपर प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

महेश कुमार दास
महोत्तरी ,७ बैशाख । प्रहरीले खोला खोस्रने कार्यमा प्रयोग गरिएको सवारी साधनहरु नियन्त्रणमा लिन सुरु गरेको छ ।

सोमबार दिउँसो बर्दिवास नगरपालिका ८ जँगहा खोलामा लुकाई छिपाई अबैध रुपमा ढुंगा गिट्टी बालुवा खोस्री रहेकै अवस्थामा प्रहरीले एक थान जेसिबि र दुई वटा ट्रिपर नियन्त्रणमा लिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय वर्दिवासबाट खटि गएको प्रहरी टोलिले ज१क ३१२ नम्वरको जेसिवि , बा.प्र–०१–००३ क ८१३२ र बा.प्र–०१–००३ क ८१३३ ट्रिपर नियन्त्रणमा लिएको हो ।

अनुमति विना खोलाबाट ढुंगा बालुवा गिट्टी उत्खन्न गर्न नपाईने र हेभि ईक्वीपमेन्ट समेत प्रयोग गर्न नपाईने प्रावद्यानका बर्खिलाप गएर ति सवारी साधनहरु खोला खन्ने कार्य गर्दै गरेको अवस्थामा फेला परे पछि नियन्त्रणमा लिईको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएका छन् ।

नियन्त्रणमा लिइएको उक्त सवारी साधन आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको डिएसपी विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]