१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बजाजको मोटरसाइकल खरिदमा १० लाख इनाम

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ बैशाख । बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एक जना भाग्यशालीले १० लाख रुपैया स्क्रेचमा पाएको छ ।

धनुषा जिल्लाको माटिझिटकहिया–६ का रोशन साफीले बजाज कम्पनीका पल्सर १५० सीसीको मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका छन् ।

जनकपुरधामको मुजेलिया स्थित रहेको ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्र्तगत सवै भन्दा कम १० हजार र सवै भन्दा बढी १० लाखको इनाम राखिएको छ ।

साफीलाई वुधवार एक कार्यक्रम विच ओम अटो मोवाइल्समा एक कार्यक्रम विच १० लाखको चेक हस्तान्तरण गरिएको थियो ।

बजाज शुन्य अफरमा शुरुमा १ र पछि जतिवटा शुन्य थपिन्छ त्यतिको इनाम दिने गरेको जनाइएको छ ।

बजाज कम्पनीको शुन्य अफर अहिले मोटरसाइकल पारखिकोलागि एक दम्मै लाभदायक रहेको र मोटरसाइकलका पारखीहरु पनि अहिले उत्साहित भएर खरिद गरि रहेका छन् ।

शुन्य अफर लागु भएपछि अहिले सम्म ओम अटो मोवाइल्सवाट करिव ४ सय भन्दा बढी मोटरसाइकल विक्री भई सकेको जनाइएको छ ।

चैत १ गते देखि शुन्य अफर चालु भएको सञ्चालकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]