१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

रकम विनियोजन गर्दै, योजना शिलान्यास गर्दै सांसद अरगरिया

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० बैशाख । अहिले नेपालमा राजनीतिक मोह बढ्दै गएको छ। राजनीतिमा आउने र केहि समयभित्रै जनताको मत लिई जनप्रतिनिधी बनेर जनतालाई नै बिर्सने क्रम बढ्दो छ ।

नेताहरु अहिले आफ्नो स्वार्थमै रहमाइरहँदा धनुषाका एक जना सांसद भने आफ्नो क्षेत्रलाई राम्रो बनाउने अभियानमा लागिपरेका छन् ।

धनुषाको क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित उमाशंकर अरगरिया जनताको चाहना अनुसारको काम गर्न व्यस्त छन् ।

प्रायः कुनै न कुनै योजनाको शिलान्यास गर्दै आएका सांसद अरगरियाले शुक्रबार एकै दिन तीन योजनाको शिलान्यास गरेका छन् ।

उनी आफनो निर्वाचन क्षेत्र अन्तर्गत शहिद नगरपालिका ३ स्थित नेपाल रेडक्रस सोसाइटी बृजलाल सुमिन्त्रा सामुदायिक आँखा उपचार केन्द्र यदुकुहाको आँखा शल्यक्रिया कक्षको शिलान्यास गरेका छन् ।

सांसद अरगरियाले यसका निम्ति आफ्नो संसदीय कोषबाट १० लाख रकमको विनियोजन गरेका छन् ।

सांसद उमाशंकर अरगरिया, नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पतालका अध्यक्ष गंगाराम यादव र शहिद नगरपालिकाका मेयर उदय कुमार बरबरियाले एक कार्यक्रम विच संयुक्त रुपमा यसको शिलान्यास गरे ।

उक्त शिलान्यास कार्यक्रममा शहिद नगरपालिका उपमेयर शिला देवि मण्डल, जानकी आँखा अस्पताल जनकपुरधामका कोषाध्यक्ष संजय यादव, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, बुद्धिजीवी, स्थानीयबासीको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता सहिद नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नागेन्द्र मण्डलले गरेका थिए ।

सांसद अरगरियाले शहिद नगरपालिका वडा नम्बर ७ धबौलीस्थित पलार नदीमा पुलको शिलान्यास पनि गरेका छन् ।

स्थानीयबासीलाई आवत जावतमा समस्या भएपछि सांसद अरगरियालाई स्थानीयबासीले अवगत गराएपछि यसका निम्ति उनले १५ लाख रकम आफ्नो संसदीय कोषबाट छुट्याएका छन् ।

उनले धनुषाको औरही गाउँपालिका ५ हरुसाहामा धर्मशालाको पनि शिलान्यास गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]