११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

सिरहामा उपचार खर्च अभाव भएपछी विष सेवन

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

न्यूजमधेश डेस्क
सिरहा,१३ बैशाख । जतिसुकै प्रयास गर्दा पनि केही सिप नलागे पछि मान्छेले आत्महत्याको प्रयास गर्छ । त्यस्तै भएको एउटा घटना भएको छ सिरहा जिल्लामा पनि । त्यहाँका एक पुरुषले उपचार गर्ने पैसा नभएर विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।

जिल्लाको कर्जन्हा नगरपालिका ११ का ४३ वर्षीय श्यामकुमार महतोले शनिबार दिउँसो विष खाएका हुन् । उनी विगत केही समयदेखि ब्लड क्यान्सरबाट पीडित छन् ।

उपचार गराउँदै आए पनि हालसम्म ठीक नभए र थप उपचार गर्न रकम नभएका कारण उनले तरकारीमा छर्ने विषादी खाएको प्रहरीले जनाएको छ ।

उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारपछि अहिले गोलबजारस्थित एक अस्पातालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]