१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

कैलाली र कञ्चपुरमा पनि निषेधाज्ञा, सेती अस्पतालमा ओपीडी सेवा बन्द

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,१६ बैशाख । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि आज बिहानबाट एक साता निषेधाज्ञा लागू गरिएको छ।

कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले निषेधाज्ञा लागू गर्नु परेको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षमा मंगलबार बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो।

त्यस्तै, कोरोनाको संक्रमण समुदाय स्तरमै फैलिएपछि कञ्चनपुरमा पनि एक साता निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षमा मंगलबार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्नमा रोक लगाउने निर्णय गरेको थियो।

दुवै जिल्लामा निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द भएका छन्। खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहेका छन्। खाद्य पसलहरू बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न पाइनेछ।

निषेधाज्ञाको अवधिमा पनि तीन घण्टा बैंकिङ सेवा सञ्चालन हुने भएको छ। नेपाल बैंकर्स संघ सुदूरपश्चिम एकाइले बिहान १० बजेदेखि दिउसो १ बजेसम्म बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष बिरुराम जैशीले बताए।

सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। बिहीबारदेखि आकस्मिक सेवा मात्रै सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। हेमराज पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।

कैलालीमा लकडाउन घोषणा भएको र स्वास्थ्य मन्त्रालयले पनि आकस्मिकबाहेकका ओपिडी र इलेक्टिभ सर्जरी हाललाई बन्द गर्न परिपत्र गरेकोले सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]