१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

जनकपुर प्रदेशिक कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली

Logo
प्रकाशित बिहिबार, बैशाख २३, २०७८

सन्तोष सिंह
जनकपुरधाम ,२३ बैशाख । प्रादेशिक कोभिड अस्पताल जनकपुरमा बुधबार दिउँसोदेखि महोत्तरी मटिहानिकी ५४ वर्षीय महिला भर्ना भइन् । कोरोना संक्रमित महिलाको आवस्था गम्भिर भएका कारण भेन्टिलेटरमा राखियो ।

तर, दिउँसो केहि बेर चलेको भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली भएको छ ।

सिकिस्त महिलालाई रेखदेख गर्न कुरुवामा छोरा खटिएका छन् । भेन्टिलेटर काम नगर्दा आमाको अवस्था बिग्रिन थालेको छोरोले बताए । भेन्टिलेटरका लागि साँझसम्म अस्पतालमाका डाक्टर अगाडी हारगुहार गर्दापनि पहल नभएको पीडित परिवारले जनाएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोभिड अस्पतालमा ५ वटा भेन्टिलेटर उपलब्ध भएपनि सबै बिग्रिएको कोभिड अस्पतालका प्रवक्ता मनिष पाण्डेले बताए । ुगत वर्ष स्थापना भएको कोभिड अस्पतालकै भेन्टिलटेर प्रयोगमा ल्याएका छौ,ु डा। पाण्डेले भने,ुकोभिड अस्पतालको ५ वटै भेन्टिलेटर मध्ये कुनै पनि प्रयोग गर्ने अवस्थामा छैन । मर्मत भइरहेको छ । ट्रान्सपोर्टमा प्रयोग हुने समान्य भेन्टिलेटर राखिएको उनले बताए । कोभिड अस्पतालमा धनुषा र महोतरीका ३१ जना सिकिस्त संक्रमित भर्ना भएको डा। पाण्डले बताए ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नयाँ भेन्टिलेटर माग गरिएको बताए । केहि बेर चल्ने र बिग्रिने भएपछि समस्या भएको उनले बताए । डा.यादवले प्रदेशबाट २ थान भेन्टिलेटर उपलब्ध भएको र तत्काल प्रयोगमा आउने बताए । निजी अस्पतालहरुबाट प्रदेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकोले अस्पतालले भार थाम्न सक्ने अवस्था नभएको उनले बताए ।

जनकपुरको काव्या, नवजिवन र जलेश्वरबाट सिकिस्त संक्रमितहरु बिरामीहरु आउने क्रम जारी रहेको डा।यादवले बताए । डा। यादवको अनुसार प्रादेशिक कोभिड अस्पताल ६३ बेड तयारी अवस्थामा छन् । अस्पतालमा आईसीयू १२ र ४१ बेडमा अक्सिजन उपलब्ध छ । भेन्टिलेटर बिग्रिएको अवस्थामा छ । अस्पतालले अक्सिजन र मेडिकेसन सेवा दिँदै आएको मेसु यादवले बताए ।कान्तिपुरमा सन्तोष सिंहले लेखेको समाचार हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]