१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही ,२४ बैशाख । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो ।

रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले एक–एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्था वैशाख ३० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

जिल्लामा निषेधाज्ञा लागू भएको आठौँ दिनसम्म कोरोना सङ्क्रमित थपिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ कोरोना सङ्क्रमित थपिएका छन् भने नौ जनाले ज्यान गुमाएका छन् । जिल्लामा अहिलेसम्म २४२ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]