०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,२४ बैशाख । कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् ।

कोरोनाको सङ्क्रमण बढेपछि व्यापारीले मास्कको अभाव देखाउँदै प्रति थान दुई रुपैयाँ पर्ने सर्जिकल मास्कको २० रुपैयासम्म बिक्री गर्न थालेका छन् । मेडिकलहरुले औषधिमा समेत मूल्य वृद्धि गरेको देखिन्छ भने खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा खाने तेलको मूल्यमा अस्वाभाविकरुपमा मूल्य वृद्धि भएको स्थानीयवासी नरराज रावतले बताए । “निषेधाज्ञा हुनुको पहिलो दिन प्रतिकेजी रु ८० पर्ने चिनीको मूल्य ९० पुगेको छ । प्रतिप्याकेज एक सय पर्ने मास्कको मूल्य तीन सय पुगेको छ”, रावतले भने, “अघिल्लो दिनसम्म स्थिर रहेको मूल्य निषेधाज्ञा भएको दिनदेखि व्यापारीले कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका हुन् । यसले निषेधाज्ञाको चपेटामा परेका सर्वसाधारणहरुलाई ठूलो मार परेको छ ।”

टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रामबहादुर चौधरी दैनिक मजदूरी गरी जीवन निर्वाह गर्दै आउनुभएको छ । दैनिक गिट्टी कुटेर साँझ–बिहानको छाक टार्ने रामबहादुरलाई अहिले कोरोना सङ्क्रमणका कारण भएको निषेधाज्ञाले दैनिक मजदूरीको काम रोकिँदा खानका लागि निकै समस्या हुन थालेको छ । “काम छैन । पैसा पनि छैन । नखाएर बाँच्न सकिँदैन”, रामबहादुरले भन्नुभयो, “बजारमा सामानको भाउ पनि छुइसक्नुछैन । जताबाट पनि मर्ने हामी जस्ता गरीब त हो । ठूलाबडालाई त सबै छुट दिएकै छ ।” उहाँले सरकारबाट राहतको व्यवस्थापन हुन नसके रोगभन्दा पनि भोकले मर्नुपर्ने समय आउने बताए ।

उपभोक्ता हित संरक्षण समिति टीकापुरले अहिलेसम्मको स्थितिमा प्रेस विज्ञाप्ति निकाल्ने भन्दा अर्को काम गरेको देखिँदैन । समितिका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले बजार अनुगमनका लागि प्रक्रिया अगाडि बढाइएको भए पनि अनुगमन हुन नसकेको बताउनुभएको छ । “बजारमा मूल्य वृद्धि भएको भन्ने गुनासो हामीलाई आएको छ । केही दिनमा हामी बजारको अनुगमन गर्छौं”, समितिका अध्यक्ष तिमिल्सिनाले भने, “अहिले नै बजारमा सामानको अभाव हुने समय भइसकेको छैन । तर बजार अनुगमनमा त्यस्तो देखियो भने हामी व्यापारीलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”

उहाँले व्यापारीहरुले सामानको खरीद बिल नराख्दा अनुगमनमा समस्या हुने गरेको बताउँदै नगरपालिका बढी जिम्मेवार भएमात्र अनुगमनलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । “नगरपालिकाले मासिकरुपमा बजारको सन्तुलन मूल्यको रेकर्ड राख्नुपर्ने हो । त्यो हुन सकेको छैन”, तिमिल्सिनाले भने, “अर्कोतिर उपभोक्ताले सामान खरीद गर्दा व्यापारीसँग बिल लिँदैनन् भने व्यापारीहरुले पनि सामानको मूल्य सूची राख्दैनन् । यसले झन् अन्यौलता थपेको छ ।”

टीकापुर नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समितिसमेत गठन गरेको छ । समितिले गरेको बजार अनुगमन औपचारिकतामा मात्रै सीमित हुने गरेको गुनासो स्थानीयवासीको रहँदै आएको छ ।

उता, स्वास्थ्य क्षेत्रको अनुगमनका लागि नगरपालिकाले जनस्वास्थ्य प्रवद्र्धन शाखालाई जिम्मेवारी दिएको छ । स्वास्थ्यका कर्मचारी कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कारण स्वास्थ्य क्षेत्रको अनुगमन गर्न नसकिएको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]