०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

सर्लाहीमा सीमा क्षेत्रका मदिरा पसलमा मदिरा खानेहरु भीड

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,२४ बैशाख । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् ।

सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् ।

पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल सञ्चालनमा समेत आएका छन् । यता, दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपालतर्फ आउने गरेको भन्ने गुनासोका आधारमा पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।

भारतको विहार राज्यमा मदिरा बिक्री वितरणमा रोक लागेपछि भारतीय नागरिक मदिरा पिउन नेपाली बजारमा आउने गर्दछन् ।

हाल भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिरहेको जोखिमपूर्ण अवस्थामा यसरी मदिरा सेवन गर्न मानिसहरु नेपालतर्फ आउनाले यसको जोखिम नेपालमा झन् बढेको छ ।

यसरी भीड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाइनुपर्ने सीमा क्षेत्रका बासिन्दाले बताएका छन् ।

यसरी सीमा नाकामा आउने मानिसले गर्दा समस्या सृजना हुन सक्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो ।

सीमा क्षेत्रमा सञ्चालनमा रहेका होटेलहरु खुलिरहेकाले सुरक्षाको दृष्टिले कस्ता मानिसको आवतजावत छ भन्ने विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]