०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

सप्तरीको बोदेबर्साइनमा २० बेडको आइसोलेसन सञ्चालनमा

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

न्यूजमधेश डेस्क
सप्तरी,२४ बैशाख । कोरोना भाइरसको दोस्रो लहरमा भएका संक्रमितको उपचारका लागि सप्तरीको बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ ।

बोदेबर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवले भने , नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको स्वास्थ्य चौकीको भवनमा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोदे बर्साईन नगरपालिकामा २० बडको आइसोलेसन सञ्चालनमा आएको बोदे बर्साईन नगरपालिकाको स्वास्थ्य संयोजक बैधनाथ साहले जानकारी दिए ।

तत्काल २० बेडको आइसोलेसन भएको र पछि कोरोना संक्रमितको थप्दै जादा आइसोलेसनमा बढाउने जाने तथा अन्य सुबिधा, सेवा प्रदान गर्ने पनि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले बताए ।

उनले कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था रहेको बताए ।

एम्बुलेन्स हाम्रो नगरको संक्रमित बोक्न प्रयोग गरिने छ ।’ आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ ।

अझै थप अक्सिजन खरिद गर्ने तयारीमा जुटेको मेयर सिंहले बताएका हुन् ।

बोदे बर्साईन नगरपालिका भित्र नै आइसोलेसन सञ्चालनमा आए पश्चात नगरका बासिन्दालाई कोरोना उपचारमा सहयोग पुग्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]