०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

शहिदनगरको मेयर बरबरियाले गरे आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने घोषणा, चारैतिर प्रशंसा

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

न्यूजमधेश डेस्क
जनाकपुरधाम,२५ बैशाख । प्रदेश २ का धनुषा जिल्लामा एक स्थानीय तहका मेयरले आफुले चढने सरकारी गाडीलाई कोरोना संक्रमितलाई अस्पताल पुर्याउने र घर छाड्ने घोषणा गरेको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले आफु चढ्ने गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्  ।

कोरोना संक्रमितलाई अस्पताल पुर्याउन एम्बुलेन्स नभेटिरहेको अबस्थामा मेयर बरबरियाले यस्तो घोषणा गरेका हुन् । उनले शनिबार एक विज्ञप्ती जारी गरेर संक्रमितलाई अस्पताल पुर्याउन आफू चढ्ने गाडी दिने बताएको छ ।

जनताको सुरक्षालाई सर्वोपरी मानेर एम्बुलेन्सको रुपमा आफ्नो गाडी संक्रमितका लागि प्रयोग गर्नदिने र आफू नीजि सवारी चढ्ने मेयर बरबरियाले बताए ।

उनले एम्बुलेन्सको आवश्यकता परेमा जतिबेला पनि सम्पर्क गर्न नगरवासीसंग अनुरोध पनि गरेका छन् ।

भारतसंग सिमा जोडिएका ग्रामिण क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको विज्ञप्तिमा उल्लेख गरेका हुन् ।

मेयर बरबरियाले आफु चढ्ने गारी कोरोना संक्रमित जनतालाई बोक्ने घोषणा गरेपछि चौतर्फी प्रशंशा हुन थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]