०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

सधैं सकारात्मक कामको चर्चामा रहिरने सांसद अरगरियाको चौतर्फी प्रसंसा

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, २९ बैशाख । उमाशंकर अरगरिया अर्थात् जहिल्यै पनि चर्चामा आइरहने सांसद । राजनीति र व्यक्तिगत स्वार्थका लागि नभई जनताप्रति उत्तरदायित्व रहँदै उनी चर्चामा आइरहने सांसद हुन् । कहिले आफ्नो क्षेत्रमा कामको शिलान्यास त कहिले उद्घाटनदेखि समस्यामा परेका जनताको घरमै पुगेर सहयोग गर्ने बानीका कारण उनी शुरुदेखि नै चर्चित बनेका हुन् ।

पछिल्लो पटक उनी अझ चर्चित बनेका छन् । नयाँ सरकार बनाउने बिषयमा गत बैशाख २७ गते संसदमा तट्स्तथ बसेर उनी थप चर्चाको शिखरमा आएका छन् । ‘अहिलेसम्म शाष्कवर्गले मधेश र मधेशीलाई के दिए रु’ सांसद अरगरिया भन्छन्, “मधेश र मधेशीले त धेरै पटक उनीहरुलाई सरकारमा ल्याइदियो । उनीहरुले धेरै पटक अधिकार दिने बताए । तर, केहि गर्न सकेनन् ।”

आफू मधेशको माग बमोजिम तटस्थमा बसेको उनको भनाई छ । ‘हामीले अधिकार प्रदान गराइदिने भनेर जनताको मत लिएका होइनौं रु’ उनी भन्छन्, “अनि जनतालाई सधैं ठगिनै रहने त रु”

पहिला मधेशको माग पूरा गरिए मात्र सरकारमा जानुपर्ने बताउँछन् उनी । ‘जनतालाई ठगेको धेरै भयो । अब जनतालाई ठगेर वा भ्रममा राखेर काम चल्नेबाला छैन्’ पहिला कसैले माग पूरा गरोस् । अनि मात्रै सरकार गठनमा जाँदा राम्रो हुन्छ ।”

धनुषाको क्षेत्र नम्बर २ बाट तत्कालिन संघिय समाजवादी पार्टीबाट निर्वाचित भएका सांसद् हुन अरगरिया । १३ हजार ३ सय २९ फरक मतले चुनाव जित्नु उनको सधैं जनताप्रतिको उत्तरदायित्वकै कारण हो । ‘टिकट मात्रै फोरमले दिएको हो’ उनी भन्छन्, “जिताउने त जनता हुन् । जनतालाई मलाई पनि जवाफ दिनुपर्छ ।”

उनले टिकट पाएको संघिय समाजवादी पार्टी  र समाजवादी हुदै अहिले जनता समाजवादी बनिसकेको छ । तर मातृ दल समाजवादी पार्टीका नेता मधेशको मुद्दा सम्बोधन गराउनुभन्दा पनि सत्ता स्वार्थमा रुम्लिन खोजेको उनको भनाई छ ।

अरगरियालाई नजिकबाट चिनेका एक नेता भन्छन्, “अरगरियाजी आफनै पहिचान, बिगतमा होमिएका भ्रष्टाचार बिरुद्धको अभियान एवं पहिलादेखि नै राजनीतिक पृष्ठभूमि भएका कारण चुनाव जित्नुभएको छ । उहाँ पुनः चुनाव जित्नुहुन्छ । उहाँ पार्टी या कसैको एस म्यान भन्दा पनि जनताकै नजिक भएको राम्रो हो ।”

अरगरिया भारी मतले चुनाव जितेपछि पनि पार्टी नेतृत्वले कहिल्यै कुनै वास्ता नगरेको ती नेताको भनाई छ । कुनै वास्ता नगरेपनि आफनै बदौलत जनताका हरेक कार्य गर्ने गराउने क्षमता देखेपछी आन्तरिक प्रतिस्पर्धाबाट डराउने प्रतिस्पर्धीहरु अहिले सामाजिक सन्जालमा भ्यागुतो जस्तो उफ्रिन थालेका छन् ।

‘जसपाले सांसदहरुलाई पक्ष विपक्ष मत हाल्न स्वतन्त्र छोडदा उनी आफनो स्वविवेकले पार्टीको एजेन्डामुखी एवं पार्टी जोगाउन तटस्थ पक्षमा मत हालेका हुन्’ उनको क्षेत्रका एक स्थानीय नेता मनोज कुमार साह भन्छन्, “धनुषा क्षेत्र नम्बर २ को तर्फबाट उहाँलाई धेरै धेरै आभार व्यक्त गर्दछु ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]