२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

ब्रिफकेश बोकेर ठाकुर पक्षका सांसद किन्न घरघरमा धाउदै उपेन्द्र र बाबुरामका दूत

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ बैशाख । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालमा सांसद खरीद विक्री तीव्र बनेको छ ।

खासगरी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सक्रिय उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्नै पार्टीभित्र सांसद खरीद विक्रीको खेल खेलेका हुन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकार गठन प्रक्रियामा संलग्न नहुने घोषणा गरेका बेला उपेन्द्र र बाबुराम आर्थिक प्रलोभन देखाएरै भए पनि बहुमत जुटाउन सक्रिय छन् । यसमा कांग्रेसका केही नेतासमेत संलग्न भएको बुझिएको छ ।

महन्थ ठाकुर पक्षमा १६ सांसद विश्वासको मतमै देखिएका छन् । तीन जना सांसद अपहरण गरेको कुरा पनि आइरहेको छ । यो पक्षले साथ नदिँदासम्म गठबन्धन सरकार बन्ने अवस्था छैन । ओलीले मधेसका मुद्दा सम्बोधन थालेकाले ओलीविरुद्ध जान नहुने र कुनै पनि सरकार निर्माणमा सहभागी नहुने निर्णय यो समूहको छ ।

यसै निर्णयका कारण उपेन्द्र बाबुराम निकट केही सांसदहरू ब्रिफकेश बोकेर महन्थका सांसदलाई फकाउन घरघरमा पुगिरहेका छन् । यसमा नेपाली कांग्रेसका एक जना ठूलै नेता पनि संलग्न रहेको सुन्नमा आएको छ । यसरी उनीहरु महन्थ ठाकुर पक्षधर सांसदहरूको घर घर गई सांसदहरूको बोली लगाउँदैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]