१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

ब्रिफकेश बोकेर ठाकुर पक्षका सांसद किन्न घरघरमा धाउदै उपेन्द्र र बाबुरामका दूत

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ बैशाख । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालमा सांसद खरीद विक्री तीव्र बनेको छ ।

खासगरी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सक्रिय उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्नै पार्टीभित्र सांसद खरीद विक्रीको खेल खेलेका हुन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकार गठन प्रक्रियामा संलग्न नहुने घोषणा गरेका बेला उपेन्द्र र बाबुराम आर्थिक प्रलोभन देखाएरै भए पनि बहुमत जुटाउन सक्रिय छन् । यसमा कांग्रेसका केही नेतासमेत संलग्न भएको बुझिएको छ ।

महन्थ ठाकुर पक्षमा १६ सांसद विश्वासको मतमै देखिएका छन् । तीन जना सांसद अपहरण गरेको कुरा पनि आइरहेको छ । यो पक्षले साथ नदिँदासम्म गठबन्धन सरकार बन्ने अवस्था छैन । ओलीले मधेसका मुद्दा सम्बोधन थालेकाले ओलीविरुद्ध जान नहुने र कुनै पनि सरकार निर्माणमा सहभागी नहुने निर्णय यो समूहको छ ।

यसै निर्णयका कारण उपेन्द्र बाबुराम निकट केही सांसदहरू ब्रिफकेश बोकेर महन्थका सांसदलाई फकाउन घरघरमा पुगिरहेका छन् । यसमा नेपाली कांग्रेसका एक जना ठूलै नेता पनि संलग्न रहेको सुन्नमा आएको छ । यसरी उनीहरु महन्थ ठाकुर पक्षधर सांसदहरूको घर घर गई सांसदहरूको बोली लगाउँदैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]