०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

फेरि ओली बहुमतकै प्रधानमन्त्री, यस्तो छ अंकगणित

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी र जसपा (उपेन्द्र र बाबुराम) को बहुमत ७६ ९२० अनुसार नयाँ सरकार बनाउन नपुगेपछि ओली दोहोरिने निश्चित भएको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६९२० अनुसार बहुमतको गठबन्धन सरकार बनाउन आज राती ९ बजेसम्मको समय दिएकी छन् । यो समयमा बहुमतको दाबेदारी नभए ७६ ९३० अनुसार संसदको ठूलो दल एमालेको दलको नेताको हैसियतमा ओलीलाई राष्ट्रपतिले नियुक्त गर्ने निश्चित भइसकेको छ ।

तर त्यसअगावै प्रधानमन्त्री ओली बहुमतकै प्रधानमन्त्री बन्ने विकल्प पनि खुला भएको छ । माधव नेपाल समूहसँग कुरा मिलेपछि यो सम्भावना बढेर आएको छ ।

ओलीसँग विश्वासको मतमा पाएको मतका हिसाबले अहिले ९३ सांसद छन् । माधव नेपालसँग २८ सांसद छन्। दुबै जोड्दा १२१ हुन्छ । अब बहुमत पुर्याउन ओलीलाई १५ मत आवश्यक हुन्छ । अनि १३६ मतसहित बहुमत पुर्याउन सकिनेछ । यसमा ओलीलाई साथ दिइरहेको जसपाको महन्थ र राजेन्द्र महतो समूहका १७ सांसदको साथ नयाँ सरकारका लागि पाए ओली सुविधाजनक बहुमतमा हुनेछन् । विश्वासको मतमै जसपा महन्थ पक्षका १५ सांसद तटस्थ बसेका थिए । यसहिसाबले ओलीले बहुमतको सरकार बनाउन चाहे सुविधाजनक बहुमत पुग्छ । त्यसमाथि राप्रपा र स्वतन्त्र सांसदको मत पनि ओलीले पाउनेछन् ।

यसरी मिलाउँदा ओली बहुमतको प्रधानमन्त्री बन्न सक्छन् । माधव नेपालसँग कुरा मिलिसकेकाले महन्थको समर्थन लिएर राती ९ बजेसम्म बहुमतको सरकार दावी गर्न प्रधानमन्त्री ओलीलाई सुविधा छ । यो विकल्प मा गए अल्पमतको सरकार गठन गर्नु भन्दा बहुमतको सरकार बनाएर बाँकी समय आरामले चलाउन ओलीले पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]