११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

बाबुरामले बालुवारटार पुगेर ओलीसँग प्रधानमन्त्री बनाइदिन हारगुहार गरेको खुलासा

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१ जेष्ठ । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा जसपाका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको खुलासा गरेका छन् ।

भट्टराईले राति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाईदिन आग्रह गरेको उनको दाबी छ ।

उनले भने, यो दश दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे । उहाँले आजको दिनमा राष्टिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ । आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो ।

तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस । त्यो तपाईबाहेक अरु कसैले गर्न सक्दैन् । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो ।

त्यसपछि प्रधानमन्त्रीले के भन्नुभयो अरे भने मेरोविरुद्ध तपाईँ, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभाछ, अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि रु तपाईँबाहेक को छ तपाईको प्रतिनिधि रुु

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने महत्वकांक्षा रहेपनि त्यो चाहना पूरा हुन नसकेको पनि उनले बताए । उनले वर्तमान सरकारले मधेशको मुद्दा सम्बोधन गर्न धेरै राम्रो भूमिका खेलेको पनि जिकिर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]