२० बैशाख २०८२, आइतबार
04-05-2025 , Sun
×

चट्याङ्बाट वैशाखमा २१ को मृत्यु

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१ जेष्ठ । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएको र ५० चौपायाको क्षति भएको छ ।

एक महिनामा चट्याङका कारण रु एक करोड ५४ लाख बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

यस्तै आगलागीबाट सात, जनावरको आक्रमणबाट तीन, हावाहुरीबाट एक गरी वैशाखमा ३२ जनाको ज्यान गएको छ ।

सबै घटनामा परी १३८ जना घाइते भएको बताइएको छ । यसपालि वैशाखमा पानी कम परे पनि चट्याङले ठूलो क्षति गराएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । एक महिनामा ४९९ विपद्का घटना भएको छ ।

सबै घटनाबाट रु ३३ करोड ७८ लाखको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ । अहिले प्रिमनसुनका समयमा हावाहुरी र चट्याङका घटना बढी हुने मौसमविद्ले जनाएका छन् ।

चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिराको हाराहारीमै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]