३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सिरहामा निषेधाज्ञा जेष्ठ २१ गतेसम्म

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ जेष्ठ । सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबारको निर्णयले शनिबार राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए ।

‘निषेधाज्ञाकाबीच संक्रमण नफैलिओस् भन्ने अपेक्षा छ,’ कँणेलले भने, ‘विज्ञले नागरिकले सतर्कता अपनाए कोरोना न्यूनीकरण हुने भनेका छन् । त्यसैले निषेधाज्ञाको पालना हुन्छ भन्ने विश्वास छ । अटेर गरेमा अझै कडाइ गर्दै लग्नेछौं ।’

सिरहासहित प्रदेश २ का आठै जिल्लामा निषेधाज्ञा जारी भएको छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएकाले सप्तरी र बाराले अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।

केही जिल्लाले क्रमशः निषेधाज्ञा लम्व्याउँदै लगेका छन् । रौतहटमा जेठ ७ गते राति १२ बजेसम्मका लागि र पर्सामा जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

धनुषा, महोत्तरी र सर्लाहीमा यसअघि नै जेठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]