०५ भाद्र २०८२, शुक्रबार
22-08-2025 , Fri
×

प्रदेश २ मा हतियारसहित दुईजना लुटेरा पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

मनोज यादव
सर्लाही,४ जेष्ठ ।प्रदेश २ का सर्लाहीमा प्रहरीले जिल्लाको इश्वरपुरबाट हतियार देखाएर लुटपाट गर्ने दुईजना डाँकाहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा न–५ बस्ने ३३ वर्षीय रामकरण महतो र सोही ठाउँ बस्ने २० वर्षीय सुरेन्द्र सदा रहेका छन् ।

उनीहरूलाई गत बैशाख २६ गते बिहानको राती अन्दाजी करिब सवा १ बजेको समयमा इश्वरपुर न.पा वडा न–४ स्थित पुर्व पश्चिम लोकमार्गमा हतियार देखाएर दुईवटा ट्रक र एउटा पिकअप गाडीको चालक र सहचालकहरुबाट नगद ३७ हजार, विभिन्न कम्पनीको मोबाइल सेट –५ थान र सुनको हनुमानी(लकेट)– १ थान लगायतका सामानहरु लुटेको आरोपमा बैशाख ३० गते बिहिवार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक थान नलकटुवा बन्दुक, त्यसमा लाग्ने दुई राउण्ड गोली, सुनको हनुमानी–१ थान, मोबाइल सेट २ थान , बिआरथर्टीयू ७७३ नम्बरको भारतीय मोटरसाइकल र टल्कने ज्याकेट बरामद भएको छ ।

पक्राउ परेका दुवै डाँकाहरुलाई जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गराई हिरासतमा लिएर थप अनुसंधान सुरु गरिसकेको प्रवक्ता एवं डिएसपी कुवँरले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]