२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

प्रदेश २ मा निषेधाज्ञा उल्लङ्घन बढ्दै : सडकमै भोजभतेर झन् जोखिम

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,५ जेष्ठ ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-­१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ ।

सङ्क्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ। स्थानीयवासी भने निषेधाज्ञा उल्लङ्घन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् । यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रण भन्दा बाहिर छ। यसतर्फ सरोकारवाला निकायले समेत चिन्ता, वास्ता र चासो देखाएको छैन ।

कविलासी नगरपालिका–२ पिपरियामा हालै सडकमै बिहे भोजको आयोजना गरिएको छ । सयौंको सङ्ख्यामा उपस्थित भएर स्थानीय भोज खाने कार्यक्रममा सहभागी भएका छन् । सडकमै भोज गर्ने र भोज चलिरहेकै समयमा अतिआवश्यकीय सवारी साधनहरु सञ्चालनमा समेत समस्या सिर्जना हुने गरेको एक एम्बुलेन्स चालक नागेन्द्र साहले गुनासो गरे । गाउँका पसल र हाट बजारमा भीडभाड घटेको छैन । ‘‘प्रशासनले सामाजिक कार्य गर्र्नै परे १५ जनाभन्दा बढी उपस्थित नहुन निर्देशन दिएको छ, तर यहाँ सयौंको सङ्ख्यामा जम्मा हुने गरेका छन्”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाको पालना गराउन कुनै कसर बाँकी नराखिएको दाबी गरे । ‘‘जनतामा चेतनाको कमी छ, तैपनि हामीले निषेधाज्ञा पालना गराउन लागिपरेका छौँ, सहरी क्षेत्रमा निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको छ, ग्रामीण भेगमा अलि समस्या छ,’’ उनले भने । यसमा स्थानीय तह पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]