२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

प्रदेश २ कोरोना संक्रमितको विजोग ‘डाक्टरहरु अस्पताल हाजिर हुँदैनन्, अस्पतालहरुले भर्ना लिदैनन्’

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

कमलेश ठाकुर
जनकपुरधाम,६ जेष्ठ । महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाई भइरहेको थियो । दक्ष चिकित्सककै अभावमा भेन्टिलेटर थन्काइएको थियो भने बिरामीहरु उपचार अभावमा छट्पटाइरहेका थिए ।

प्रदेश सरकारले चिकित्सकको व्यवस्थापन गर्न बैशाख २७ गते डा. शैलेन्द्र कुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय ग¥यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एनेस्थेसिया डा. यादवलाई प्रदेश २ का सामाजिक विकास मन्त्रालयले तत्काल अर्को व्यवस्था नभए सम्म जलेश्वर अस्पताल महोत्तरीमा भेन्टिलेटरमा काजमा खटाएको पत्राचार गरे ।

मन्त्रालयका शाखा अधिकृत रामहृदय यादवले बैशाख २६ गते नै पत्र पठाएका थिए । तर डा. यादव अहिलेसम्म अस्पतालमा हाजिर नभएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए । बैशाख २८ गते सोही अस्पतालमा मन्त्रालयले पुनः दुईजना चिकित्सकलाई काजमा खटायो । तर, मन्त्रालयलाई चिकित्सकले टेरेनन् । मन्त्रालयले प्रादेशिक अस्पतालमै कार्यरत फिजिसियन डा. रवि प्रधान र मेडिकल अधिकृत डा. सन्तकुमार यादवलाई जलेश्वर काजमा खटाएको थियो ।

चिकित्सक अभावमा अस्पतालका बिरामीहरु जोखिममा रहेको भन्दै विकास समितिका अध्यक्षले गत वर्षदेखि नै मन्त्रालयलाई डाक्टर पठाउन अनुनय गरिररहेको बताए । नयाँ भेरियन्टसहित दोस्रो लहर सुरु भएपनि चिकित्सक नआएको भन्दै उनले जेठ ५ गतेदेखि अमरण अनसन बस्ने घोषणा गरेका थिए । मन्त्रालयको आश्वासनपछि अनसन नबसेको उनले आफ्नो फेसबुकमार्फत जनाएका छन् । मन्त्रालयले उनलाई पुनः छिटै चिकित्सक पठाउने आशवासन दिएको छ ।

अस्पतालमा चिकित्सक नपुगेपछि उपचाररत कोभिडका विरामीहरु भने समस्यामा परेका छन् । अस्पतालमा ५ भेन्टिलेटर छ, तर दक्षजनशक्ति नभएपछि प्रयोगविहीन अवस्थामा थन्किएको छ । त्यहाँका विरामीको अवस्था बिग्रिएर भेन्टिलेटरको आवश्यता परेमा बाहिर पठाउने गरेको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]